कैलाली बाढीको असर : स्थानीय तरकारी पाउनै मुस्किल

कैलालीका बजारमा यतिखेर स्थानीय उत्पादित तरकारी आइसकेको हुन्थ्यो । दसैँ तथा तिहारका समयमा यहाँका बजारमा स्थानीय किसानले उत्पादन गरेको तरकारीले बजार ढाक्थ्यो । उपभोक्ताले सस्तो मूल्यमा तरकारी किन्न पाउँथे तर यस वर्ष असोज महिनामा आएको बाढीले बजारमा स्थानीय तरकारी आउन सकेन । किसानले भर्खरै रोपेको तरकारी बाढीले नष्ट गरेपछि यस वर्ष दसैँ तिहारमा यहाँका उपभोक्ताले अहिलेसम्मकै महँगो तरकारी किन्नुपर्यो ।कैलालीका बजारमा यो समयमा स्थानीय बारीमा उत्पादन भएको साग, काउली, मूला, धनिया, टमाटर, बोडी, फर्सी, लौकाल

सम्बन्धित सामग्री

मिर्गौला प्रत्यारोपणमा कानूनी जटिलता

आधुनिक जीवनशैली, व्यस्त दिनचर्या, खानपान आदिले गर्दा मानव जीवनको स्वास्थ्यमा असर परिराखेको हुन्छ जसको फलस्वरूप नेपालमा वर्षेनि विभिन्न प्रकारका रोगीहरूको मात्रा बढ्दै गएको पाइन्छ । मिर्गौलाका बिरामीहरू पनि थपिन थालेका छन् । कतिपयको मिर्गौलाले काम नगर्दा फेर्नु नै पर्ने बाध्यता छ । डायलासिस गर्ने भनेको अस्थायी निराकरण मात्र हो । स्थायी उपचारको लागि दाताबाट लिएर मिर्गौला फेर्नुको विकल्प छैन । विद्यमान नियमअनुसार बिरामीलाई मिर्गौला दान गर्ने व्यक्ति आफ्नो नजिकको नातेदार हुनुपर्छ । ‘मानव अंग प्रत्यारोपण नियमावली २०७२’ अनुसार नजिकको नातेदार भन्नाले बिरामीको श्रीमान्, श्रीमती, दाजु, भाइ, दिदी, बहिनी, आमा, बुबा आदि गरी ५३ थरीका नातालाई जनाउँछ । एक त मिर्गौला दान गर्न मिल्ने दाता पाउनै मुस्किल, पाइहालेमा नजिकको नातेदार हुनुपर्ने हुँदा यस्तो अवस्थामा बिरामी तथा निजको परिवारलाई निकै सकसपूर्ण अवस्था हुन्छ । त्यसैगरी सम्बन्धित स्थानीय निकाय वा वडाबाट नाता प्रमाणित गर्न र अन्य सरकारी तथा कागजी प्रकया पूरा गर्न लामो समय लाग्छ । अत: विद्यमान नियमावलीलाई परिमार्जन गरी नजिकको नातेदारको हद बढाई दुई पुस्तासम्म र मितेरी साइनोलाई समेत समावेश गर्न सकेमा बिरामीलाई ठूलो राहत पुग्ने थियो । विदेश गई प्रत्यारोपण गर्दा बढी रकम दिएर बिचौलियामार्फत दाता खोज्नु पर्ने बाध्यता एकातर्फ छ भने अर्कोतर्फ दाताले कति रकम पाउने भन्ने स्पष्ट हुँदैन । बिरामीले दातालाई दिएको ७०–८० प्रतिशतसम्म रकम बिचौलियाको हातमा पुग्दछ । यदि स्वदेशमै मिर्गौला प्रत्यारोपण गर्न सकेमा दाताकै बैंक खातामा रकम जम्मा गर्न सकिन्थ्यो र बिरामीमार्फत दातालाई पुरै पैसा हात पर्थ्यो। नेपालमा मिर्गौला प्रत्यारोपणको लागि सुविधा सम्पन्न अस्पताल तथा सोका लागि चाहिने अत्याधुनिक उपकरण तथा सरसामानहरूको कमी छ । फलस्वरुप धेरै बिरामी मिर्गौला प्रत्यारोपण गर्न बाह्य मुलुकमा जान बाध्य छन् । यसरी बाह्य मुलुकमा जाँदा यातायात खर्च, अस्पतालको खर्च, डाक्टरको पारिश्रमिक, शल्यक्रिया अघि र पछिको लामो बसाइ खर्च, सहयोगी व्यक्तिको खर्च, औषधी आदि गर्दा ठूलो धनराशिको आवश्यकता पर्दछ । एक जना बिरामी बराबर करिब ४०–५० लाख रुपैयाँ लाग्ने हुँदा उक्त रकम देशबाट बाहिरिइरहेको छ । हुनेले त यो रकम जोहो गर्न सक्लान् तर सर्वसाधारणको लागि यो ठूलो धनराशि हो । मिर्गौला रोगीहरूले ब्यहोर्नु परेका समस्या अनगिन्ती छन् । सरकारले उनीहरूको पीडामा मल्हमपट्टी लगाउन ढिला नगरी देशका विभिन्न स्थानमा धेरै संख्यामा अत्याधुनिक उपकरणसहितको सुविधा सम्पन्न अस्पतालको निर्माण गरी मानव अंग प्रत्यारोपण सम्बन्धी वर्तमान नीति नियमलाई सरलीकरण गर्न र मानव अंग प्रत्यारोपण सर्वसुलभ बनाउन नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा सरोकार निकायले प्राथमिकतामा राखी विशेष ध्यान दिन जरुरी छ । श्रेष्ठ पञ्चकन्या ग्रुपका अध्यक्ष हुन् ।

कैलालीमा बाढीको असर : स्थानीय तरकारी पाउनै मुस्किल, मूल्य यस वर्षकै महँगो

टीकापुर : कैलालीका बजारमा यतिखेर स्थानीय उत्पादित तरकारी आइसकेको हुन्थ्यो। दशैँ तथा तिहारका समयमा यहाँका बजारमा स्थानीय किसानले उत्पादन गरेको तरकारीले बजार ढाक्थ्यो। उपभोक्ताले सस्तो मूल्यमा तरकारी किन्न पाउँथे तर यस वर्ष असोज महिनामा आएको बाढीले बजारमा स्थानीय तरकारी आउन सकेन। किसानले भर्खरै रोपेको तरकारी बाढीले नष्ट गरेपछि यस वर्ष…

कैलाली बाढीको असर- स्थानीय तरकारी पाउनै मुस्किल

कैलालीका बजारमा यतिखेर स्थानीय उत्पादित तरकारी आइसकेको हुन्थ्यो । दसैँ तथा तिहारका समयमा यहाँका बजारमा स्थानीय किसानले उत्पादन गरेको तरकारीले बजार ढाक्थ्यो । उपभोक्ताले सस्तो मूल्यमा तरकारी किन्न पाउँथे तर यस वर्ष असोज महिनामा आएको बाढीले बजारमा स्थानीय तरकारी आउन सकेन । किसानले भर्खरै रोपेको तरकारी बाढीले नष्ट गरेपछि यस वर्ष दसैँ तिहारमा यहाँका उपभोक्ताले …

नागरिकलाई न्याय, साझा दायित्व

मन्टेस्क्युको शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संसारभर नै सरकारका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको स्वतन्त्र अस्तित्व हुन्छ । प्रजातान्त्रिक मुलुकमा झन् यसको धेरै महìव छ । लोकतान्त्रिक मुलुक भएकाले नेपालको संविधान २०७२ मा यसको व्यवस्था गरिएको छ । नेपालमा गणतन्त्रात्मक संविधान लागू भएपछि संविधानबमोजिमको न्याय सर्वसुलभ रूपमा पाउने अपेक्षा हरेक तह र तप्काका नागरिकले गर्नु स्वाभाविकै हो तर अहिले न्याय महँगो भएकाले हुँदा खानेले न्याय पाउनै मुस्किल भइरहेको र हुनेखानेले मात्र न्याय पाएको विडम्बनापूर्ण अवस्था छ । यो अवस्थालाई तोडेर नेपाली नागरिकको न्याय पाउने संवैधानिक हकको अपेक्षा पूरा गर्नु सम्बन्धित सबैको साझा दायित्व हो । बेलैमा यसो गर्न सकिएन भने अन्याय हुने मात्र नभई अहिलेको गणतन्त्र नै धरापमा पर्न सक्छ । अन्यायमा परेको असर हावाझैँ सर्वत्र फैलिन्छ ।

२० प्रतिशतले बढ्दै सिमेन्टको भाउ, यस्तो छ कारण

सिमेन्टको भाउ बढ्ने भएको छ । आन्तरिक प्रतिस्पर्धाले ओपीसी सिमेन्टको भाउ बोरामा १ सय रुपैयाँ सस्तो भईरहेको बेला अन्तराष्ट्रिय बजारका कारण अब सिमेन्ट महँगो हुने भएको हो ।गत वर्षको तुलनामा यस वर्ष सस्तो भएको सिमेन्टको भाउ अब अन्तराष्ट्रिय बजारमा कोइलाको मूल्य बढेका कारण आकाशिने भएको हो । सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाका अनुसार विश्व बजारमा कोइलाको भाउ ४५० प्रतिशतसम्म बढेको छ । जसको असर नेपाली सिमेन्ट उद्योगमा पनि पर्ने भएको हो ।‘अन्तराष्ट्रिष्य बजारमा कोइलाको भाउ ४५० प्रतिशतसम्म बढेको छ, नेपालमा १४ रुपैयाँ किलोमा आइपुग्ने कोइला अब ३२ रुपैयाँ पर्ने भएको छ’ अध्यक्ष थापाले भने, ‘एक बोरा तयारी सिमेन्टको मूल्यमा २० प्रतिशत कोइलाको हिस्सा हुन्छ । अहिले एक बोराको फ्याक्ट्री मूल्य ६ सय रुपैयाँ छ भने यसको २० प्रतिशत अर्थात् १२० रुपैयाँ हिस्सा कोइलाको हुन्छ ।’कति बढ्छ ?अध्यक्ष थापाले सिमेन्टको भाउ बोरामा २० प्रतिशत नै बढ्ने बताएका छन् । विदेशमा अहिले कोइलाको मूल्य बढेको मात्रै नभई कोइलाको अभाव नै रहेकाले नेपाली उद्योगहरुले कोइला पाउनै मुस्किल रहेको उनको भनाई छ । जसका कारण १५ दिनभित्रै सिमेन्टको मूल्य २० प्रतिशत महँगिने उनको दाबी छ । कोइलाको मूल्य बढ्नु भनेको उत्पादन लागत बढ्नु भएकाले अब फ्याक्ट्री मूल्यमै एक बोरा ओपीसी सिमेन्टको मूल्य १२० रुपैयाँसम्म बढ्ने अनुमान गरिएको छ ।अहिले कति छ सिमेन्टको भाउ ?नेपाली उद्योगहरुबीच अहिले तीव्र प्रतिस्पर्धा छ । एक बोरा (५० किलो) ओपीसी सिमेन्टको फ्याक्ट्री मूल्य अहिले ५ देखि ६ सय रुपैयाँ छ । उद्योगबाट बिक्रेतासम्म पुग्दा यसमा २० प्रतिशत बढ्ने गरेको छ ।त्यस्तै एक बोरा पीपीसी सिमेन्टको फ्याक्ट्री मूल्य अहिले ४ देखि ५ सय रुपैयाँ छ ।कोइलाको मूल्य बढेका कारण अबको २ हप्ताभित्र सिमेन्ट नयाँ मूल्यमा बजारमा आउने अनुमान हुन थालिसकेको छ ।