सल्यान : सल्यानमा ६ महिनामा उत्पादित १७ करोड रुपैयाँभन्दा बढीको बेमौसमी तथा मौसमी तरकारी जिल्लाबाहिर बिक्री भएको छ। कृषि उपज बजार केन्द्र कपुरकोटका अनुसार १७ करोड २३ लाख १६ हजार ५९० रूपैयाँ बराबरको ताजा तरकारी र फलफूल जिल्लाबाट बिक्री भएको छ।जेठ २३ गतेदेखि कात्तिक ३० गतेसम्म ४२ लाख ९ हजार ९२ किलो ताजा तरकारी तथा फलफूल कपुरकोटस्थित तरकारी बजारबाट किसानले बिक्री गरेको केन्द्रले जनाएको छ।देशकै ठूला तरकारी बजारमध्येको सल्यान कपुरकोबाट वर्षेनी करोडौँको तरकारी जिल्लाबाहिर