बैतडीको दशरथचन्द नगरपालिकाले अगामी आर्थिक वर्ष २०७८÷७९ का लागि रु ७२ करोडभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । मङ्गलबार बसेको नगरसभाले रु ७२ करोड ६१ लाख २२ हजार ३८ बराबरको बजेट सार्वजनिक गरेको छ ।
नगरसभामा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै नगरउपप्रमुख मीना चन्दले आगामी आवमा कोरोना नियन्त्रणलाई प्राथमिकतामा राखिएको बताए ।
विदेशबाट फर्किएका नागरिकलाई रोजगारी दिने खालका कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि भारतसँग सीमा जोडिएक...