भारतविरुद्ध अन्तिम दिन इंग्ल्यान्डलाई जितका लागि ११९ रन आवश्यक

काठमाडौं : पाहुना टोली भारतविरुद्ध इंग्ल्यान्डले उत्कृष्ट पुनरागमन गरेको छ। पहिलो इनिङमा दबदबा बनाएको भारतविरुद्ध दोस्रो इनिङमा इंग्ल्यान्डले पुनरागमन गरेको हो।अन्तिम अर्थात् पाँचौं दिन भारतलाई हराउन अब इंग्ल्यान्डलाई १ सय १९ रन आवश्यक रहेको छ। इंग्ल्यान्डले चौंथो दिनको समाप्तिमा ३ विकेट गुमाएर २ सय ५९ रन बनाएको छ।दोस्रो इनिङमा भारतीय टीम २ सय ४५ रनमा अलआउट भएपछि इंग्ल्यान्डले जितका लागि ३ सय ७८ रनको लक्ष्य पाएको थियो। जहाँ इंग्ल्यान्डले शानदार सुरुवात गर्दै पहिलो विकेटका लागि एलेक्स लिस र ज्याक

सम्बन्धित सामग्री

एसेज सिरिज: दोस्रो टेस्टमा जितका लागि इंग्ल्यान्डलाई अन्तिम दिन २५७ रन आवश्यक

काठमाडौँ- एसेज सिरिजअन्तर्गत दोस्रो टेस्टमा इंग्ल्यान्डलाई जितका लागि अन्तिम दिन २५७ रनको आवश्यक छ। अस्ट्रेलियाले चौंथो दिन इंग्ल्यान्डसमक्ष ३७१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। चौंथो दिन नै दोस्रो इनिङ सुरु गरेको इंग्ल्यान्डले ४ विकेट गुमाएर ११४ रन बनाउँदा दिनको खेलको समाप्त भएको थियो। दोस्रो टेस्टको दोस्रो इनिङमा अस्ट्रेलिया २७९ रन जोड्दा अलआउट भएपछि इंग्ल्यान्डसमक्ष समग्रमा […]

एशेज सिरिज: जितका लागि अस्ट्रेलियालाई अन्तिम दिन १७४ रन आवश्यक

विश्व टेस्ट च्याम्पियन अस्ट्रेलियाले प्रतिष्ठित एशेज सिरिजको पहिलो टेस्टमा आफूलाई बलियो बनाएको छ। अन्तिम दिन अस्ट्रेलिया जितका लागि १७४ रन बनाउने प्रयासमा हुँदा इंग्ल्यान्ड भने त्यसअघिनै अस्ट्रेलियाको ७ विकेट झार्दै जित निकाल्ने प्रयासमा मैदानमा उत्रिने छ। बर्मिङघममा जारी खेलको चौंथो दिन (सोमबार) घरेलु टोली इंग्ल्यान्ड दोस्रो इनिङमा २७३ रनमा समेटिएपछि अस्ट्रेलियाले जितका लागि २८१ रनको […]

शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवार

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि सोमवार रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १७ गते बुक क्लोज गरेकाले माघ १६ गते सोमवारसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले माघ २५ गते साधारण सभा बोलाएको छ । सभा बिहान ११ बजे शिखर इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय शिखर बिज सेन्टर, काठमाडौंमा शुरू हुने कम्पनीले जानकारी गराएको छ । साथै सभाले यस कम्पनीले अन्य कुनै पनि बीमक कम्पनीलाई गाभ्ने गाभिने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

उम्मेदवारले प्रचारप्रसार गर्ने आज अन्तिम दिन, मध्यरातदेखि ‘मौन अवधि’

काठमाडौं : स्थानीय निर्वाचनका लागि उम्मेदवारले प्रचारप्रसार गर्ने अन्तिम दिन। वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजे मौन अवधि सुरु हुनेछ ।मौन अवधि सुरु हुनै लाग्दा निर्वाचन आयोगले सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिएको छ।आयोगका प्रवक्ता शालिग्राम पौडेलले मौन अवधि सुरु हुनुअघि नै सामाजिक सञ्जालमा भएका निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न आग्रह गरे।  यसका लागि आवश्यक निर्द

नयाँ सारथी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

चैत २२, काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (मंगलवार) रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत २३ गतेदेखि २०७९ वैशाख १० गतेसम्म बुक क्लोज गर्ने भएकाले मंगलवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले वैशाख १० गते साधारण सभा गर्ने जानकारी गराएको छ । सभा कम्पनीको प्रधान कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा दिउँसो ३ बजे शुरु हुने छ । साथै सभाले एफपीओ निष्कासन गर्ने र  कम्पनीले अन्य कुनै पनि वित्तीय संस्थालाई प्राप्ति गर्ने वा प्राप्ति गर्ने प्रयोजनका लागि आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मंसिर २६, काठमाडौं । लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (आइतवार) रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि सोमवार बुक क्लोज गर्ने भएसँगै मंसिर २६ गतेसम्म कायम शेयरधनीले साधारण सभा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी पुस ९ गते साधारण सभा बोलाएको छ । सभा बिहान ११:१५ बजेदेखि कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजारमा शुरु हुनेछ । साथै सभाले यस विकास बैंकसँग अन्य कुनै पनि बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्नेलगायतका आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार

मंसिर २४, काठमाडौं । लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवारसम्म रहेको छ ।  कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर २७ गते बुक क्लोज गरेसँगै मंसिर २६ गतेसम्म कायम शेयरधनीले साधारण सभा भाग लिन र लाभांश पाउनेछन् ।  कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।  उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी पुस ९ गते साधारण सभा बोलाएको छ । सभा बिहान ११ः१५ बजेदेखि कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजारमा शुरु हुनेछ ।  साथै सभाले यस विकास बैंकसँग अन्य कुनै पनि बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्नेलगायतका आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

रैराङ हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

रैराङ हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड Rairang Hydropower Development Company को लाभांश सुरक्षित गर्ने आज कार्तिक ३ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक ४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेकोले आज कार्तिक ३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।  कम्पनीले आर्थिक वर्ष ७७/७८ सम्मको मुनाफाबाट चुक्ता पुंजीको १२.६ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।  कम्पनीले कार्तिक १७ गते बुधबार भर्चुअल माध्यमबाट सम्पन्न गर्ने गरि साधारणसभा आह्वान गरेको हो ।  सभामा लाभांश सहित विविध प्रस्ताव पेश हुने छन् ।  सभामा सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायले थप संशोधनको लागि निर्देशन दिएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छ  । त्यस्तै सभामा रैराङ हाइड्रोलाई रिडी हाइड्रोमा गाभ्ने विशेष प्रस्ताव पेश हुने छ ।

रुरु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

रुरु जलविद्युत परियोजना लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असोज ६ गते अन्तिम दिन रहेको छ । कम्पनीले  साधारणसभा प्रयोजनको लागि असोज ७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज असोज ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । कम्पनीले  असोज १६ गते भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको छ । साधारणसभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । जस अनुसार कम्पनीले शेयरधनीलाई आर्थिक वर्ष ७६/७७ अवधिको मुनाफाबाट चुक्ता पुंजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने तथा आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर जारी गर्ने र सो को कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीमा वितरण हुने छ ।  त्यस्तै सभामा वित्तीय प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने, संचालको अनुमोदन गर्ने प्रस्ताव पेश हुने छन्  । प्रबन्धपत्र  र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा त्यसको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव समेत सभामा पेश हुने छ  । सभाले सर्बसाधारणबाट प्रतिनिधित्व गर्ने १ जना र संस्थापकबाट प्रतिनिधित्व गर्ने ५ जना संचालकको निर्वाचन समेत गर्ने छ  ।

बंगलादेशलाई जित्नका लागि अन्तिम दिन २६० रनको आवश्यक

काठमाडौं। श्रीलंकाविरुद्धको दोस्रो टेष्टमा बंगलादेशलाई जितका लागि अन्तिम दिन २६० रन बनाउनु पर्ने भएको छ। चौथो दिन सकिँदा बंगलादेशले दोस्रो इनिङमा पाँच विकेट गुमाएर १७७ रन बनाएको छ। घरेलु टोली श्रीलंकाले ९ विकेट गुमाएर १९४ रन बनाउँदा दोस्रो इनिङ समाप्तीको घोषणा गरेपछि बंगलादेशले ४३७ रनको लक्ष्य पाएको थियो। बंगलादेशका लिटोनदास १४ र मेहिदी हसजन मिराज ४ रन बनाएर क्रिजमा छन्।