काठमाडौं : स्थानीय निर्वाचनका लागि उम्मेदवारले प्रचारप्रसार गर्ने अन्तिम दिन। वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजे मौन अवधि सुरु हुनेछ ।मौन अवधि सुरु हुनै लाग्दा निर्वाचन आयोगले सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिएको छ।आयोगका प्रवक्ता शालिग्राम पौडेलले मौन अवधि सुरु हुनुअघि नै सामाजिक सञ्जालमा भएका निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न आग्रह गरे। यसका लागि आवश्यक निर्द