चैत २२, काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (मंगलवार) रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत २३ गतेदेखि २०७९ वैशाख १० गतेसम्म बुक क्लोज गर्ने भएकाले मंगलवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले वैशाख १० गते साधारण सभा गर्ने जानकारी गराएको छ ।
सभा कम्पनीको प्रधान कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा दिउँसो ३ बजे शुरु हुने छ । साथै सभाले एफपीओ निष्कासन गर्ने र कम्पनीले अन्य कुनै पनि वित्तीय संस्थालाई प्राप्ति गर्ने वा प्राप्ति गर्ने प्रयोजनका लागि आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।