काठमाडौं । आईएमई पे र ‘फोन पे’ बीच सम्झौता भएको छ । सम्झौता पत्रमा आईएमई पेका निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराइ र फोनपेका बिज्नेस डेभलप्मेन्ट म्यानेजर रुशान्त श्रेष्ठले हस्ताक्षर गरे । समझदारी अनुसार क्यूआर स्क्यानमा १ लाख रुपैयाँसम्म जित्न सकिने अवसर हुनेछ भने त्यसका अतिरिक्त अन्य डिस्काउन्ट अफरहरुका पनि व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ […]