आईएमई पे, खल्ती र प्रभु पे पनि नेपालपे क्यूआरमा आबद्ध - NepaliPatra

काठमाडौँ। नेपालपे क्यूआरमा नेपालका अग्रणी डिजिटल वालेट आईएमई पे, खल्ती र प्रभु पे आवद्ध भएसँगै ग्राहकले यी वालेटहरु प्रयोग गरी नेपालपे क्यूआरको मर्चेन्टमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न गर्न सक्ने भएका छन्। काठमाडौँमा औपचारिक कार्यक्रमको आयोजना गरी यी सेवाहरूबारे सार्वजनिक गरिएको हो। कार्यक्रममा नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान, आईएमईपेका प्रमुख […]

सम्बन्धित सामग्री

३० करोड सरकारी लगानीको नमस्ते पेको बेहाल

१ फागुन, काठमाडौ । २८ भदौ २०७८ मा नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको लगानीमा ‘नमस्ते पे’ नामक अनलाइन भुक्तानी प्रणाली सुरु हुँदा धेरैले सोचेका थिए यसले निजी क्षेत्रका प्रतिस्पर्धीलाई धेरै पछि पार्नेछ । नेपाली बजारमा ईसेवा, खल्ती, आईएमई पे, प्रभु पे लगायतका डिजिटल वालेटहरु परिचित भइसकेको अवस्थामा करिब ४ वर्षको तयारीपछि करोडौं रुपैयाँ लगानीमा […]

आन्तरिक विप्रेषण स्थानान्तरणमा कडाइ

काठमाडौं । विप्रेषण आप्रवाहमा निरन्तर कमी आएपछि दबाबमा रहेको नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषण स्थानान्तरणको सीमा घटाएको छ । विदेशबाट विप्रेषण नआईकन आन्तरिक रूपमा रकम स्थानान्तरण गरेर विप्रेषण रकम भुक्तानी भएको पाइएपछि यसलाई केन्द्रीय बैंकले कडाइ गरेको हो । ‘आन्तरिक रकम स्थानान्तरणको कारोबारबारे हामीले १ वर्षदेखि अध्ययन गरिरहेका थियौं,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘विदेशबाट विप्रेषण नेपाल नआउने तर देशभित्रैबाट रकम स्थानान्तरण गरेर ग्राहकलाई भुक्तानी गरेको पाइएकाले यसमा कडाइ गरेका हौं ।’ राष्ट्र बैंकले बुधवार निर्देशन जारी गर्दै आन्तरिक रूपमा प्रतिव्यक्ति, प्रतिकारोबार, प्रतिदिन अधिकतम २५ हजारसम्म मात्र आन्तरिक रूपमा रकम पठाउन सकिने सीमा तोकेको छ । यसअघि यस्तो कारोबारको सीमा दैनिक १ लाख रुपैयाँ थियो । नेपाल विप्रेषण कम्पनी एशोशिएशनका पूर्वअध्यक्ष तथा आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल राष्ट्र बैंकको अनुसन्धानमा एकाध कम्पनीले गलत गरेको भेटिए पनि सबै कम्पनीलाई मुछ्न नहुने बताउँछन् । ‘राष्ट्र बैंकको बुझाइमा आन्तरिक रकम स्थानान्तरण सुविधाको दुरुपयोग भयो कि भन्ने छ,’ उनले भने, ‘तर सबै कम्पनीहरूले त्यो काम गरे भनेर मुछ्न मिल्दैन ।’ हुन्डीको कारोबार गर्नेहरूले यो सुविधाको दुरुपयोग गरेको हुनसक्ने उनको अनुमान छ । ‘विप्रेषण कम्पनीहरूले विदेशबाट नआई रकम भुक्तानी दिए भन्ने लाग्दैन,’ पोखरेलले भने, ‘हुन्डीको कारोबार गर्ने व्यक्तिले जिल्ला जिल्लामा भुक्तानी दिन यो सेवा प्रयोग गरेको हुनसक्छ ।’ आन्तरिक विप्रेषण स्थानान्तरणको सीमा घटाए पनि राष्ट्र बैंकले विप्रेषण कम्पनीहरूले नगदमै विप्रेषण भुक्तानी गर्न पाउने रकमको सीमा भने यथावत् राखेको छ । कम्पनीहरूले १ लाख रुपैयाँसम्म विप्रेषण नगदमै भुक्तानी दिन पाउँछन् । त्यसभन्दा बढी रकम भने बैंकिङ प्रणालीबाट भुक्तानी गर्नुपर्ने व्यवस्था छ । कोभिड–१९ को महामारी र बन्दाबन्दीको समयमा पनि बढेको विप्रेषण (आप्रवाह) चालू आर्थिक वर्ष (आव) को शुरूदेखि निरन्तर घटिरहेको छ । चालू आवको पुससम्ममा ४ खर्ब ६८ अर्ब ४५ करोड विप्रेषण भित्रिए पनि वृद्धिदर भने गत आवको तुलनामा ५ दशमलव ५ प्रतिशतले घटेको छ । यसैगरी चालू आवको साउनमा १८ दशमलव १, भदौमा ६ दशमलव ३, असोजमा ७ दशमलव ६, कात्तिकमा ७ दशमलव ५ र मङ्सिरमा ६ दशमलव ८ प्रतिशतले विप्रेषण घटेको थियो । राष्ट्र बैंकका अनुसार हाल नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर ४२ ओटा कम्पनीले विप्रेषणको कारोबार गर्दै आएका छन् । विप्रेषण कम्पनीहरूले विदेशबाट रकम ल्याउने कारोबार मात्र गर्ने अन्तरराष्ट्रिय अध्यास भए पनि नेपालमा भने आन्तरिक विप्रेषणको समेत कारोबार गर्दै आएका छन् । ‘विप्रेषणको परिभाषाभित्र आन्तरिक रकम हस्तान्तरणको काम पर्दैन,’ राष्ट्र बैंकका अधिकारीले भने, ‘नेपालमा भने एउटै कम्पनीलाई दुवै काम गर्न दिएर गलत भइरहेको छ ।’ पछिल्लो समय राष्ट्र बैंकले भुक्तानी प्रणाली विभाग बनाएर आन्तरिक रकम हस्तान्तरणका लागि छुट्टै लाइसेन्स पनि दिन थालेको छ । हालसम्म आईएमई पे, प्रभु पे र इसेवाले यस्तो लाइसेन्स लिएका छन् ।

स्मार्ट क्यूआरबाट स्क्यान गर्दा ३ सय रुपैयाँसम्मको क्यासव्याक

तिहारको अवसरमा स्मार्ट क्यूआर कोडबाट स्क्यान गर्दा २० प्रतिशतदेखि तीन सय रुपैयाँसम्म छुटको पाइने भएको छ । यस योजनाअन्तर्गत सेवाग्राहीले राजधानीका मिठाई पसलबाट मिठाई किन्दा छुट पाइन्छ । बत्तीसपुतली तीन धारास्थित पवन स्विट्स्, कमलादीस्थित सजनगोठ, दरबारमार्गस्थित गंगौर स्विट्स् र इन्द्रचोकस्थित स्वस्तिक स्विट्सबाट किन्दा छुट पाइने कम्पनीले बताएको छ । यो अवसर तिहारको अवसरमा २ देखि ११ नोभेम्बर २०२१ सम्म लागू हुनेछ । सहभागी स्टोरहरूमा कुनै पनि स्मार्ट क्यूआर नेटवर्कको सदस्य आईएमई पे, प्रभु पे र क्यू पे तथा मोबाइल बैंक एपबाट भुक्ता...

स्मार्ट क्यूआरबाट स्क्यान गर्दा ३ सय रुपैयाँसम्मको क्यासव्याक

तिहारको अवसरमा स्मार्ट क्यूआर कोडबाट स्क्यान गर्दा २० प्रतिशतदेखि तीन सय रुपैयाँसम्म छुटको पाइने भएको छ । यस योजनाअन्तर्गत सेवाग्राहीले राजधानीका मिठाई पसलबाट मिठाई किन्दा छुट पाइन्छ । बत्तीसपुतली तीन धारास्थित पवन स्विट्स्, कमलादीस्थित सजनगोठ, दरबारमार्गस्थित गंगौर स्विट्स् र इन्द्रचोकस्थित स्वस्तिक स्विट्सबाट किन्दा छुट पाइने कम्पनीले बताएको छ ।यो अवसर तिहारको अवसरमा २ देखि ११ नोभेम्बर २०२१ सम्म लागू हुनेछ । सहभागी स्टोरहरूमा कुनै पनि स्मार्ट क्यूआर नेटवर्कको सदस्य आईएमई पे, प्रभु पे र क्यू पे

बढ्दै छ, वालेटमार्फत हुने कारोबार

काठमाडौं । विद्युतीय भुक्तानी सेवाप्रदायक वालेटमार्फत हुने कारोबार रकम पछिल्लो समय बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले यसमार्पmत हुने कारोबार रकम बढ्दै गएको देखाएको हो । चालू आर्थिक वर्षको पहिलो महीना अर्थात् साउनमा मात्र वालेटमार्पmत हुने कारोबार औसतभन्दा धेरै माथि गएको छ । गत आवको कुल कारोबार रकमको आधारमा वालेटमार्फत मासिक औसतमा ९ अर्ब ५३ करोड ६१ लाख रुपैयाँ कारोबार हुने गर्छ । तर, साउनमा वालेटमार्पmत औसतभन्दा बढी १४ अर्ब ५ करोड २० लाख रुपैयाँ कारोबार भएको छ । वालेटमार्फत गत असारमा रू. १२ अर्ब ७९ करोड र जेठमा रू. ८ अर्ब ३५ करोड बराबरको कारोबार भएको थियो । पछिल्लो समय वालेटमार्फत हुने कारोबार रकम बढ्दै गएको तथ्यांकले पुष्टि गरेको छ । गत आवमा भने वालेटमार्फत १ खर्ब १४ अर्ब ४३ करोड रुपैयाँ कारोबार भएको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख भुवन कँडेलले पनि पछिल्लो समय वालेटमार्फत हुने कारोबार रकम बढ्दै गएको बताए । विशेषगरी यसको सेवासुविधाको दायरा बढ्दै जाँदा प्रयोगकर्तासँगै कारोबार रकम पनि बढ्दै गएको उनको भनाइ छ । ‘पहिला वालेटमार्फत गरिने कारोबारको दायरा सीमित थियो । तर, धेरै किसिमका भुक्तानी यसैमार्फत नै गर्न सकिन्छ,’ उनले भने, ‘यसरी यसको दायरा बढ्दै गएपछि यसमार्फत हुने कारोबार रकम पनि बढ्दै गएको हो ।’ पछिल्लो समय यसमार्फत गरिने कारोबारको सीमा पनि बढाइएको छ । त्यसकारण पनि यसको सीमा बढ्दै गएको हो । कोरोना महामारीको समयमा विद्युतीय भुक्तानी गर्ने प्रचलनको पनि विकास भएको छ । फलस्वरूप वालेटमार्फत हुने कारोबार बढ्दै गएको सरोकारवालाहरू बताउँछन् । वालेट विद्युतीय भुक्तानी तथा कारोबारको साधन हो । नेपालमा यो प्रचलनमा आएको केही वर्ष मात्रा भएको छ । प्रचलनमा आएको छोटो समयमा नै वालेटको प्रयोग बढ्दै गएको सरोकारवालाहरू बताउँछन् । हाल नेपालमा २२ ओटा डिजिटल भुक्तानी दिने मोबाइल वालेट कम्पनी छन् । इसेवा, खल्ती, प्रभु पे, आईएमई पे, इनेटजस्ता वालेटले विद्युतीय भुक्तानी सेवा सञ्चालन गर्दै आएका छन् । पहिला त्यस्ता वालेटले दिने सेवासुविधा कम थियो । पहिला सीमित प्रयोजनमा मात्र वालेटको प्रयोग हुन्थ्यो । तर, अहिले बैंक खातामा पैसा जम्मा गर्ने, इन्टरनेट/पानी/बिजुलीको बिल पे गर्ने, हवाई टिकट, फिल्म टिकट, मोबाइल रिचार्जलगायत थुप्रै सेवासुविधा यसमा हुन्छन् । फलस्वरूप वालेटको व्यावसायिक विकास पनि हुँदै गएको राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेल बताउँछन् । साथै, अन्यको तुलनामा यो आर्थिक रूपमा सुरक्षित पनि भएको उनको भनाइ छ । ‘ग्राहकले आफूलाई आवश्यक पर्ने रकम बैंकखाताबाट वालेटमा जम्मा गरेर सोहीअनुसार खर्च गर्न सक्छन् । बैंकको पैसा बैंकमा नै सुरक्षित हुन्छ । बढी खर्च हुने सम्भावना हुँदैन,’ उनले भने, ‘तसर्थ, यो आर्थिक रूपमा सुरक्षित पनि छ ।’