बालबालिकाहरू स्वभावैले चुलबुले, चकचके हुन्छन् । उनीहरू एकै ठाउँमा बसिरहन रुचाउँदैनन् । यो चञ्चले उमेरमा नयाँ नयाँ ठाउँमा घुम्न, थरीथरीका खानेकुरा खान, खेल्न, रमाइलो गर्न उनीहरुलाई औधी मन पर्छ । विकसित मुलुकमा जस्तो नेपालमा बालबालिकालाई नियमित रुपमा घुमाउन लैजाने चलन निकै कम छ । बिदामा पनि उनीहरुलाई घरमै राख्ने नेपाली समाजको आम चलन हो । […]