राजविराजमा कृषि विश्वविद्यालयको कार्यालय उद्घाटन

२७ मंसिर, सप्तरी । प्रदेश २ सरकारले सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको कार्यालय स्थापना गरेको छ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सोमबार एक समारोहका बीच विश्वविद्यालयको कार्यालय उद्घाटन गरेका छन् । कार्यक्रममा अध्यक्ष यादवले कृषि शिक्षा महत्वपूर्ण शिक्षा रहेको बताए । ‘कृषिमा धेरै क्षेत्र छन् । यसको अध्ययन, अध्यापन शुरु भए यहीँबाट […]

सम्बन्धित सामग्री

राष्ट्रिय वाणिज्य बैंक लाहान शाखा नयाँ भवनमा

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको शाखा कार्यालय उद्घाटन गरिएको छ । लहान नगरपालिका–६ गणेश चोकस्थित नवनिर्मित भवनको मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । समारोहमा मुख्यमन्त्री यादवले कृषि तथा अन्य क्षेत्रको उत्पादन बढाउन प्रदेश सरकारले राष्ट्रिय बाणिज्य बैंकसँग सहकार्य गर्ने भन्दै बैंकमार्फत किसानलाई अनुदानसमेत दिन तयार रहेको बताए । […]

राष्ट्रपति भण्डारी आज विराटनगर जाँदै, विराट एक्स्पो उद्घाटन गर्ने

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी आज मोरङको विराटनगर जाने भएकी छन्। मोरङ उद्योग संगठनको आयोजनामा हुने लागेको ‘विराट एक्स्पो २०७९’ उद्घाटन गर्न उनी त्यसतर्फ जान लागेकी हुन्। कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी एक सातासम्म सञ्चालन हुनेछ। राष्ट्रपतिको सवारीलाई मध्यनजर गरेर सुरक्षा व्यवस्था कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए। नेपाली […]

‘लुम्बिनी प्रदेशको राजधानीलाई मुलुककै नमुना बनाइनेछ’

-गिरिराज नेपाली लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको स्थायी राजधानी स्मार्ट सहर सहितको राजधानीका रूपमा विकास गरिने बताएका छन् । कृषि विकास बैंक शाखा कार्यालय भालुवाङको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले यसका लागि सरकारले जग हाल्ने काम सुरु गरिसकेको बताएका हुन् । मुख्यमन्त्री केसीले प्रदेशको राजधानी नदी सभ्यतामा आधारित राजधानी निर्माणको योजना सरकारले तय गरेको जानकारी दिए । राजधानी हाताभित्र पर्ने १४ वटा वडाका व्यवस्थित विकास गरी स्मार्ट सहरसहितको राजधानी बनाउ

पशुसेवा विज्ञ केन्द्र अर्घाखाँचीको कार्यालय उद्घाटन

अर्घाखाँची – भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको एक औपचारिक समारोहबीच उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेशका कृषि खाद्य व्यवस्था तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले भवनको उद्घाटन गरेका हुन्। मन्त्री रायमाझीले भवन उद्घाटन गर्दै जनतालाई गुणस्तरीय अनि प्रभावकारी सेवा प्रवाहमा ध्यान दिन प्राविधिकलाई आग्रह गरे। कृषि क्षेत्रको विकास नभई देशको विकास नहुने भन्दै कृषकहरूको […]

पशुसेवा विज्ञ केन्द्र अर्घाखाँचीको कार्यालय उद्घाटन

अर्घाखाँची– भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको एक औपचारिक समारोहबीच उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका कृषि खाद्य व्यवस्था तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले भवनको उद्घाटन गरेका हुन् । मन्त्री रायमाझीले भवन उद्घाटन गर्दै जनतालाई गुणस्तरीय अनि प्रभावकारी सेवा प्रवाहमा ध्यान दिन प्राविधिकलाई आग्रह गरे । कृषि क्षेत्रको विकास नभई देशको विकास नहुने […]

मुक्तिनाथ कृषि कम्पनीकोे क्षेत्रीय कार्यालय र प्रदर्शनी केन्द्र स्थापना

मुक्तिनाथ कृषि कम्पनीले पोखरामा क्षेत्रीय कार्यालय र कृषि प्रदर्शनी केन्द्रको उद्घाटन गरेको छ । कम्पनीले कृषि उद्यमी परिचय पत्रको पनि सुरुवात गरेको छ । कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले   देशभर रहेका कृषक तथा कृषि व्यवसायिहरु समक्ष वस्तु तथा सेवाहरु विस्तार गर्ने अभिप्राय अन्तरगत केन्द्रबाट भईरहेको सेवालाई थप सहज रुपमा संचालन गर्न र बढि भन्दा बढि कृषकहरु र कृषि व्यवसायिहरुलाई सेवा उपलब्ध गराउनको लागि प्रदेश स्तरीय कार्यालय स्थापना गर्ने कम्पनीको लक्ष अनुसार सर्वप्रथम गण्डकि प्रदेशको लागि कास्कि जिल्ला पोखरा महानगरपालीका स्थित नागढुङगामा कार्यालय तथा कृषि सामाग्रिहरुको प्रदर्शनी स्थलको स्थापना गरेको बताए ।  यसले समग्र गण्डकि प्रदेशको कृषि क्षेत्रको सवलिकरणमा नीजि क्षेत्रको संथागत अभियान शुरुवात भएको उनले बताए ।कम्पनीले गण्डकी प्रदेशको प्रारम्भिक कार्य अवधारणा पनि सार्वजनिक गरेको छ । जसमा मुख्यतः कृषकसंग मुक्तिनाथ अभियान, कृषि उद्यमी परिचय पत्रको वितरण, कृषि श्रोत केन्द्रहरुको स्थापना, नवप्रवर्तत केन्द्रको शुरुवात, एक स्थानिय संरचना, एक कृषि परियोजना, अर्गानिक मल बैंकको स्थापना र बजार केन्द्रको स्थापना लगायतका कार्यहरु रहेका छन्।कार्यक्रमा मुक्तिनाथ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले कृषि आयातको अवस्था दयनिय रहेको र कृषि अर्थतन्त्रको सुधारमा कृषि कम्पनीले वृहत रुपमा काम गर्नुपर्ने अभिमारा रहेको बताए ।कार्यक्रममा प्रमुख अतिथि तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले कम्पनीको ध्येय, लक्ष, उद्देश्य र कार्यक्रमहरु एकदमै राम्रो रहेको तर कार्यान्वयनको लागि केहि चुनौतीहरु रहेको औल्याए  । उनले कम्पनीको कार्यक्रमहरु सफलताको लागि नीतिगत रुपमा नै समग्र संरचनाहरु सुधार्नु पर्ने, कृषिलाई उद्योगसंग जोडनुपर्ने र नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिनियमहरु बन्नुपर्नेमा जोड दिए  । नेपालले पूर्वि एसियाका देशहरुले कृषिमा मारेको फड्कोको सन्दर्भमा अध्ययन गर्नुपर्ने र त्यसको विकसित मोडल तयार गरेको खण्डमा मात्र हामीले सोचेजस्तो विकास गर्न सकिनेमा जोड दिए ।साथै कम्पनीले दोश्रो कार्यक्रमको रुपमा वार्षिक साधारण सभा पनि सम्पन्न गरेको छ ।

सम्वृद्धिको बाधक कम्युनिष्ट र काँग्रेसको अर्थनीति : डा.भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशको सम्वृद्धिका लागि कम्युनिष्ट र काँग्रेसको अर्थ नीति नै बाधक भएको बताएका छन् ।मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको क्षेत्रीय कार्यालय तथा कृषि प्रदर्शनी केन्द्रको पोखरामा शुक्रबार उद्घाटन गर्दै उनले काँग्रेस र कम्युनिष्टले आफु अनुकूलको अर्थनीतिमा चल्न खोजेकाले आर्थिक सम्वृद्धि हासिल गर्न नसकेको आरोप लगाए । उनले भने,‘एउटा पार्टीले राज्यले सबै क्षेत्र हेर्नुपर्छ भन्छ ।अर्कोले अर्थतन्त्रलाई खुल्ला

राष्ट्रिय वाणिज्य बैंकको शाखा कमलविनायकमा

राष्ट्रिय वाणिज्य बैंकले भक्तपुरको कमलविनायकमा शाखा कार्यालय विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त शाखाको उद्घाटन गरेका हुन् । उक्त अवसरमा नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिका लगायत सरकारी कार्यालयहरूको सरकारी कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत गर्ने सोच रहेको बताए ।उनले भक्तपुर जिल्ला धार्मिक, पर्यटकीय र कृषि क्षेत्रमा आधारित भएकाले सोही अनुसारको […]

मौलापुर नगरपालिकाद्वारा सामुदायिक रेडियो सञ्चालन

मौलापुर नगरपालिकाले सामुदायिक रेडियो मौलापुर सञ्चालनमा ल्याएको छ ।  मौलापुर एफ एम १००.७ मेगाहर्ज मौलापुर नपा को वडा नम्बर ५ को कार्यालय भवनमा सुरु गरिएको हो । मेयर रिना कुमारी साहले सोमबार साँझ  एक कार्यक्रमबीच  एफएमको उद्घाटन गरिन् ।उद्घाटन कार्यक्रममा उनले रेडियोमा  शिक्षा ,रोजगार ,कृषि र स्वास्थ्य सँग सम्बन्धी कार्यक्रमलाई बढी जोड दिन आग्रह गरेकी थिइन।  उक्त अवसरमा मौलापुर नगरपालिकाका उपमेयर गौरी शंकर जयसवाल, प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह, मौलापुर नपाक

चितवनको खैरहनीमा कृषि उपज बजार

चितवन (अस) । चितवनको खैरहनी नगरपालिकाले कृषि उपज तथा पशुपन्छी बजार सञ्चालनमा ल्याएको छ । यसअघि नै निर्माण सम्पन्न भए पनि कोरोना लगायत कारणले सञ्चालनमा ढिलाइ भएको  थियो । फलफूल तथा तरकारी मूल्य विकास श्रृंखला आयोजना, घरेलु तथा साना उद्योग कार्यालय र नगरपालिकाको लागत साझेदारीमा कृषि उपज तथा पशुपन्छी बजार सञ्चालनमा ल्याइएको हो । नगरपालिका कृषि शाखा प्रमुख दीपेन्द्र अर्यालका अनुसार कृषि उपज केन्द्र निर्माणमा आयोजनाको २० लाख, घरेलु उद्योग कार्यालयको १० लाख र नगरपालिकाको २७ लाख ४१ हजार रुपैयाँ लगानी भएको छ । किसानले उत्पादन गरेका कृषि उपजको विक्रीवितरण सहज बनाउने उद्देश्यले कृषि उपज बजार सञ्चालनमा ल्याइएको हो । बजारले कृषि उत्पादनको प्रवद्र्धन, बजारीकरण र मूल्यमा एकरूपता कायम राख्न सघाउ पुग्ने अपेक्षा नगरपालिकाको छ । खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले किसानलाई प्रत्यक्ष फाइदा पुग्नेगरी कृषि तथा पशुपालन बजार सञ्चालनमा ल्याइएको बताए । खैरहनीमा नगरपालिकाको तरकारी संकलन समेत यहाँबाट हुनेछ । कृषि बजार उद्घाटन कार्यक्रममा कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले नेपालमा खोलिएका कृषि उपज केन्द्र अन्य प्रयोजनका लागि प्रयोग भइरहेकाले यसबाट सचेत हुन नगरपालिकालाई आग्रह गरे । केन्द्रमा ४६ ओटा स्टल र ६ ओटा सटर छन् । उपज केन्द्र प्रत्येक साताको सोमवार र बिहीवार मात्र सञ्चालनमा ल्याइनेछ । ६ ओटा सटर भने नियमित सञ्चालन गर्ने तयारी छ ।