जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशको सम्वृद्धिका लागि कम्युनिष्ट र काँग्रेसको अर्थ नीति नै बाधक भएको बताएका छन् ।मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको क्षेत्रीय कार्यालय तथा कृषि प्रदर्शनी केन्द्रको पोखरामा शुक्रबार उद्घाटन गर्दै उनले काँग्रेस र कम्युनिष्टले आफु अनुकूलको अर्थनीतिमा चल्न खोजेकाले आर्थिक सम्वृद्धि हासिल गर्न नसकेको आरोप लगाए । उनले भने,‘एउटा पार्टीले राज्यले सबै क्षेत्र हेर्नुपर्छ भन्छ ।अर्कोले अर्थतन्त्रलाई खुल्ला