संयुक्त राज्य अमेरिकाले युद्ध भएको ४३ वर्षपछि भियतनाममा ‘कार्ल विन्सन’ नामक युद्धपोत पठाएको छ। सोमबार विहान १ लाख ३ हजार टन क्षमताको अमेरिकी युद्धपोत र अन्य दुई जहाज भियतनामको दानाङ्ग सहरमा अवतरण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
अमेरिकी नौसेनाले आफ्ना दुई युद्धपोत ताइवानको नजिकैबाट गएको बताएको छ । न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि अमेरिकाले यस्तो कारबाही सुरु गरेको यो पहिलो पटक हो । अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले अगस्टको सुरुमा ताइवानको भ्रमण गरेपछि चीनले कडा आपत्ति जनाउँदै आईरहेको छ । यद्यपि ताइवानसँग पश्चिमी देशहरूको नौसेनाको युद्ध अभ्यास कुनै नयाँ कुरा होइन। विगतमा […]
अमेरिकी नौसेनाले आफ्ना दुई युद्धपोत ताइवान नजिकैबाट गुज्रिरहेको बताएको छ । न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि अमेरिकाले यस्तो कारबाही सुरु गरेको यो पहिलो पटक हो । अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले अगस्टको सुरुमा ताइवानको भ्रमण गरिन् जसमा चीनले कडा आपत्ति जनाएको थियो ।यद्यपि, ताइवानसँग पश्चिमी देशहरूको नौसेनाको युद्ध अभ्यास कुनै नयाँ कुरा होइन । विगतमा धेरै देशहरूले यस क्षेत्रमा यस्तो अपरेशन गरेका छन् । यसप्रति चीनले कडा प्रतिक्रिया दिँदै यो उत्तेजक कार्य भएको बताएको छ । साथै, ताइवान चीन
अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणअघि अमेरिकी सेनाले उनको सुरक्षाको बलियो तयारी गरेको पाइएको छ । अमेरिकी नौ सेनाले चार अमेरिकी युद्धपोतहरु ताइवान पूर्वको समुन्द्रमा तैनाथ गरेको र तीमध्ये एक युद्ध विमानहरु बोक्ने क्षमताको भएको स्रोतलाई उदृत गर्दै रोयटर्सले लेखेको छ । अमेरिकाको नौसेनाले भने यी युद्धपोतको अवस्थितिलाई नियमित तैनाथी भनेको छ । तर एकै पटक चार युद्धपोतहरुको एउटै क्षेत्रमा तैनाथी हुनुलाई सामान्य मान्न सकिदैन । युएसएस रोनाल्ड रेगन नामक युद्धपोत साउथ चाइना सी
काठमाडौं– रुसी युद्धपोत डुबाउन युक्रेनले गरेको आक्रमणमा अमेरिकाले जासुसी सहयोग गरेको खुलासा भएको छ । अमेरिकी सञ्चारमाध्यमहरूले जनाएअनुसार रुसी फौजको कृष्ण सागरमा रहेको नौसेनाको मोस्कवा युद्धपोत डुबाउन युक्रेनले गरेको आक्रमणका लागि अमेरिकाले जासुसी सूचना उपलब्ध गराएको थियो । पहिचान नखुलाइएका अमेरिकी अधिकारीहरुले अमेरिकी सञ्चारमाध्यमलाई बताएअनुसार ओदेसा बन्दरगाह नजिक रहेको रुसी पानी जहाजबारे युक्रेनले जानकारी मागेको थियो […]
यमनका हूती विद्रोहीहरूले संयुक्त अरब अमिरात (यूएई) मा आक्रमण जारी राखेपछि अमेरिकाले उक्त क्षेत्रमा युद्धपोत तैनाथ गर्ने भएको छ ।
हूतीहरूले हालैको समयमा ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गरी युएईमा रहेको अमेरिकी एयरबेसलाई समेत निशाना बनाएका थिए । अनि इजरायलका राष्ट्रपति पहिलोपटक यूएई पुग्दा पनि हूतीहरूले क्षेप्यास्त्र आक्रमण गरेका थिए ।
यूएईलाई हूती आक्रमणबाट प्रतिरक्षाका लागि सहयोग गर्न अमेरिकाले गाइडेड मिसाइल डिस्ट्रोयर र लडाकू विमान समेत तैनाथ गर्न लागेको छ ।
अमेरिकाका रक्षामन्त्री लोयड अस्टिन र अबु धाबी...
१९ माघ, काठमाडौं । अमेरिकाले संयुक्त अरब इमिरेट्स (यूएई) मा युद्धपोत र लडाकु विमान पठाउने भएको छ । यमनको हुथी समूहले यूएईमा मिसाइल प्रहार गर्न थालेपछि अमेरिकाले युद्धपोत र लडाकु विमान पठाउन लागेको हो । अमेरिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै यूएईको सुरक्षार्थ युद्धपोत र लडाकु विमान पठाउन लागेको जनाएको हो । यमनका इरान समर्थित […]
अमेरिकाले संयुक्त अरब इमिरेट्स (यूएई) लाई लडाकु विमान र मिसाइल (क्षेप्यास्त्र) नस्ट गर्ने युद्धपोत पठाउने भएको छ । अमेरिकाले यमनका विद्रोहीहरूको आक्रमणको विरुद्ध यूएईको सहयोगका लागि युद्ध विमान र फाइटर जेट पठाउने भएको हो । अमेरिकाका रक्षा मन्त्री लायड अस्टिन र यूएईका क्राउन प्रिन्स (राजकुमार) मोहम्मद बिन जायेद अल नहयानबीच फोनमा भएको वार्तामा अमेरिकाले यस्तो निर्णय गरेको बीबीसीले जनाएको छ ।
अमेरिकी रक्षा मन्त्रालयको तर्फबाट निकालिएको विज्ञप्तिमा दुवै नेताले हुथी विद्रोहीहरूको पछिल्लो आक्रमणको बारेमा चर्चा गरेका ब...
अमेरिकाले यमनका विद्रोहीहरुको हमलाविरुद्ध युएईकामे मद्दतका लागि जंगी जहाज र फाइटर जेट्स पठाउनेछ । अमेरिकाका रक्षामन्त्री लोयड अस्टिन र युएईका युवराज मोहम्मद बिन जायेद अल नहयानबीच फोनवार्तापश्चात् अमेरिकाले यो निर्णय लिएको हो ।अमेरिकी रक्षा मन्त्रालयको तर्फबाट जारी बयानमा भनिएको छ, ‘दुबै नेताले हुती विद्रोहीको पछिल्लो हमलाबारे चर्चा गरे जसमा युएईका केही नागरिकको मृत्यु भएको छ । पेन्टागनका अनुसार हुती विद्रोहीको हमलाका कारण अमेरिका र युएइकाम सैनिकको सुरक्षामाथि पनि प्रश्न उठ
१७ असार, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र बेलायतले युद्धका लागि उक्साइरहेको आरोप लगाएका छन् । बेलायती युद्धपोत ‘एचएमएस डिफेन्डर’ रुसको नियन्त्रणमा रहेको क्रिमिया सागर तटमा देखिएसँगै रुसी राष्ट्रपतिले यस्तो बताएका हुन् । पुटिनले युक्रेनमा सैन्य क्याम्प लगाउने प्रयास भइरहेको आरोप लगाएका छन् । क्रिमिया सागर तटमा बेलायती युद्धपोत देखिनु त्यसैको एक हिस्सा […]