संखुवासभा भोटखोला रिदाकका छिन्डुम भोटेको बुवाको परिवारले अधिकांश उवा खेती गरेर परिवारको जीविको चलाउने गर्नुहुन्थ्यो तर अहिले आफ्नो पुस्तापछि उवा खेती गर्न छाड्नुभएको छ । उहाँका छोराछोरीले उवा देखेका समेत छैनन्, मनग्य उवा उत्पादन गर्ने यो रिदाक गाउँमा हिजोआज दुईतीन परिवारले मुस्किलले उवाखेती गर्ने गरेको उहाँ बताउनुहुन्छ ।
तीन हजार पाँच सय मिटरमा रहेको यसगाउँ र आसपासका गाउँमा लगाउने गरेको उवा खेती चैत र वैसाख महिनामा परेको असिनाले क्षति पु¥याएपछि खेतीनै लगाउन छाडेको उहाँ बताउनुहुन्छ । असिनासँगै पछिल्लो दशक यता हिउँकम परेकाले सुख्खा बढी हुन थालेपछि उवा खेती फस्टाउन नसक्दा उत्पादनमा