काठमाडौं (अस) । यामाहाको पहिलो ‘नियो रेट्रो’ बाइक ‘एफजेड–एक्स १५०’ नेपाली बजारमा विक्री शुरू गरिएको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले बुधवारदेखि उक्त बाइकको विक्री शुरू गरेको हो ।
कम्पनीले गत वैशाख १५ देखि २१ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘महाएक्सचेञ्ज मेला’को अवसरमा उक्त बाइक सार्वजनिक गरेको थियो । कम्पनीका अनुसार ‘एफजेड–एक्स १५०’ यामाहाको पहिलो ‘नियो रेट्रो’ बाइक हो । यसलाई एलसीडी मिटर, ब्लुटूथ कनेक्टिभिटी लगायत स्मार्ट सुविधासहित क्लासिक डिजाइनमा तयार गरिएको छ । ‘राइड फ्री’ अवधारणामा आधारित भएर तयार गरिएको उक्त बाइक विशेषगरी स्वतन्त्र, सहज र आरामदायी यात्रा गर्न रुचाउने राइडरलाई लक्षित गरिएको छ ।
‘महाएक्सचेञ्ज मेला’मा उक्त बाइक नेपाली सिनेकर्मी अनमोल केसीले टेस्ट राइड गरेका थिए । आउँदो आइतवारदेखि यामाहाका नेपालभरिका शोरूममा उपलब्ध हुने यो बाइकको मूल्य ४ लाख २६ हजार ९०० रुपैयाँ रहेको छ ।
कम्पनीले आफ्नो नयाँ स्किम ‘रोड टू मोटो जिपी स्किम’ पनि सार्वजनिक गरेको छ । उक्त स्किम अन्तर्गत यामाहा बाइक खरीदकर्तामध्ये चारजना भाग्यशाली विजेतालाई विभिन्न देश घुम्ने अवसर प्रदान गरिनेछ ।