काठमाडौं : टुकुचा खोलाको अतिक्रमण हटाउनेसम्बन्धी विवादमा काठमाडौं महानगरपालिका विरुद्ध परेका २१ मुद्दामा उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गरेको छ।उच्च अदालतका न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले आज महानगरको नाममा कारण देखाऊ आदेश जारी गरेको अदालत प्रशासनले जनाएको छ। रिट निवेदकहरूको मागअनुसार अन्तरिम आदेश किन दिन नपर्ने हो त्यसको कारण पेश गर्न अदालतले आदेश दिएको हो।महानगरपालिकाले केही दिन अघिदेखि टुकुचा खोला खोज्न भन्दै जयनेपाल हल परिसरदेखि हात्तीसार, कमलपोखरी क्षेत्रमा उत्खनन