नेपाली काँग्रेसको सभापति चयन गर्न दोस्रो चरणमा भएको मतदानमा बदर मत कम भएको छ । पहिलो चरणमा भएको मतदानमा ७६ मत बदर भएकोमा दोस्रो चरणमा ३५ मत मात्रै बदर भएको छ ।
यस्तै मत पनि दोस्रो चरणमा कम खसेको छ । पहिलो चरणको निर्वाचनमा ४६७९ मत खसेकामा दोस्रो चरणमा ४६२३ मत खसेको छ । जसमा काँग्रेस सभापतिमा शेर बहादुर देउवा २७३३ मतका साथ विजयी भए भने डा शेखर कोइराला १८५५ मतका साथ पराजित भए । मंगलबार भएको दोस्रो चरणको मतदान मंगलबार सम्पन्न भएको थियो भने मतगणनाको नतिजा बुधबार बिहानै आएको थियो ।