काठमाडौंं : निर्वाचन आयोगको तथ्यांकअनुसार २०७९ मंसिर ४ को निर्वाचनमा ५.१९ मत बदर भयो। यो २०४८ यताकै बढी हो।शुक्रबारको गोरखापत्र दैनिकमा इश्वरचन्द्र झा समाचार लेख्छन्, २०५६ को निर्वाचनमा सबैभन्दा कम २.७५ प्रतिशत थियो। यो निर्वाचनमा प्रदेश सभाको प्रत्यक्षतर्फ बदर मत ६.५५ प्रतिशत छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ ५.०९ प्रतिशत र प्रदेश सभाको समानुपातिकतर्फ ४.०७ प्रतिशत मत बदर भएको छ। प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५.०६ मत बदर भएको छ। आयोगले बदर मत घटाउन प्रतिनिधिसभा र प्रदेश सभाको प्रत