धनगढी : कोरोना भाईरस (कोभिड–१९)को बढ्दो जोखिमलाई मध्यनजर गर्दै भूमिसुधार तथा मालपोत कार्यालय कैलालीले स्थानीय तहका नागरिकलाई सेवा दिन छुट्टाछुट्टै बार तोकेको छ।कोरोना संक्रमण जोखिमलाई ध्यानमा राख्दै बारअनुसार सेवा तोकिएको मालपोत कार्यालयले जनाएको छ। अन्य विभिन्न सेवाका लागि पनि बार तोकिएको छ। कोभिड –१९ को संक्रमण रोकथामका लागि धनगढी उपमहानगरपालिका, चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाका नागरिकले आइतबार र सोमबार कार्यालयबाट सेवा पाउनेछन्। मंगलबार र बुधबार गौरीगंगा नगरप