प्रतिभा प्रदर्शनमा मिस विश्वकर्माका प्रतिस्पर्धी - Naya Patrika

मिस विश्वकर्मा इन्टरनेसनलको बुधबार राजधानीमा ट्यालेन्ट राउन्ड सम्पन्न गरिएको छ । विश्वकर्मा समुदायका युवतीलाई सिर्जनशील र क्षमतावान् बनाउने दाबीका साथ मोनाली इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगिताको फाइनल भने सेप्टेम्बर ८ अर्थात्...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

नेपालले साफ फुटबलमा उपलब्धि हासिल गर्नुका ३ कारण र सुधार गर्नुपर्ने ३ पक्ष

नेपाल पहिलो पटक दक्षिण एशियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनशिपमा उपविजेता बनेर फर्किएको छ। कतिपयले नेपाललाई फाइनलसम्म पुर्‍याउन राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल-मुताइरीको रणनीतिले काम गरेको बताएका छन्।फुटबल विज्ञहरू भने कुशल प्रशिक्षणसँगै समग्र फुटबल क्षेत्रमा आएको सुधार पनि नेपालको राम्रो नतिजाका लागि महत्त्वपूर्ण कारक रहेको बताउँछन्।खेलाडी, खेल विश्लेषक र व्यवस्थापकका नजरमा नेपालको प्रदर्शनमा सुधार हुनुका प्रमुख तीन कारण यस्ता छन्:१. प्रशिक्षकको लगावनेपाली राष्ट्रिय टोलीको प्रदर्शनमा आएको सुधारमा कुवेती प्रशिक्षक अल-मुताइरीको योगदानको धेरैले प्रशंसा गरेका छन्।नेपाली राष्ट्रिय टिमका अनुभवी खेलाडी सुजल श्रेष्ठ भन्छन्, 'टिमलाई एउटा परिवार जस्तो बनाएर राख्न, खेलहरूमा उत्प्रेरित गर्न र हामीले गोल गर्न र जित्न सकिन्छ भन्ने विश्वास दिलाउन प्रशिक्षकले हामीलाई आँट दिलाए।''पहिले हाम्रो टिमबाट मुस्किलले मात्रै गोल हुन्थ्यो भने अहिले गोल हुन थालेको छ।'साफ च्याम्पियनसिपको तयारी समितिका संयोजक समेत रहेका राष्ट्रिय फुटबल टिमका व्यवस्थापक मधुसुदन उपाध्याय पनि प्रशिक्षक अलमुताइरीको रणनीतिले टिमको प्रदर्शन सुधारमा सहयोग पुर्‍याएको स्वीकार्छन्।उपाध्याय भन्छन्, 'हामीले साफको तयारीका लागि वैशाखमै कार्ययोजना बनायौँ।''प्रतिस्पर्धी टिमहरूसँग मैत्रीपूर्ण खेलको योजना बन्यो र खेलाडीहरूको बन्द प्रशिक्षणका लागि पनि पर्याप्त समय लिइयो। पहिला यस्तो तयारी हुँदैनथ्यो।'प्रशिक्षकको रणनीतिमा अखिल नेपाल फुटबल सङ्घ एन्फाले सहयोग गरेको उपाध्यायले बताए।साफ च्याम्पियनशिपमा टिमसँगै यात्रा गरेका फुटबल पत्रकार हिमेश बज्राचार्य पनि 'प्रशिक्षकले टिमलाई प्राविधिक सीपसँगै जोस भरिदिँदा नतिजा राम्रो आएको' बताउँछन्।बज्राचार्य भन्छन्, 'प्रशिक्षकको नयाँ शैली, टिम प्रतिको लगाव र खेलाडीहरूको मनोबल उच्च गराउने प्रयत्नले राम्रो काम गरेको देखियो।'२. घरेलु लीगले बढाएको अभ्यासनेपालमा व्यावसायिक फुटबल लीग पनि सुरु भएको छ।नेपाल सुपर लीगजस्ता प्रतियोगिताहरूले नयाँ खेलाडी उत्पादन, उनीहरूको अभ्यासमा निखार र पहिचानमा सहयोग गरिरहेको जानकारहरूको भनाइ छ।उपाध्याय भन्छन्, 'नेपाल सुपर लीगले पनि प्रशिक्षकहरूलाई खेलाडीहरू पहिचान गर्न र छान्न सहयोग गरेको छ।'दक्षिण एशियाको भारत र बङ्गलादेशमा सञ्चालन भइरहेका व्यावसायिक फुटबल लीगले राम्रो प्रगति गरिरहेका कारण नेपालको लीगलाई पनि थप व्यवस्थित र व्यावसायिक बनाउने दबाव उत्तिकै रहेको पत्रकार बज्राचार्य बताउँछन्।३. खेलाडीमा आएको सुधारपछिल्लो समय नेपालको राष्ट्रिय टिममा पर्न खेलाडीहरूबीच आन्तरिक प्रतिस्पर्धा बढ्दै गएको जानकारहरू बताउँछन्। जसले खेलाडीहरूलाई आफ्नो जीवनशैली व्यवस्थित गर्न र खेल कौशलमा सुधार गरिरहन दबाव बढेको छ।फुटबल वश्लेषक बज्राचार्य भन्छन्, 'यसअघि कतिपय खेलाडीहरू प्रतियोगिता नचलेको मौका पारेर शारीरिक तन्दुरुस्तीमा ध्यान नदिने बानी परेका पनि थिए।''अहिले कतिपय खेलाडीहरूले खाना पनि हिसाब गरेर खाने अनुशासन पालना गरिरहेका छन्।'प्रशिक्षक अलमुताइरीले प्राविधिक सीपसँगै राष्ट्रिय टोलीका हरेक खेलाडीहरूलाई आफ्नो भूमिकामा प्रदर्शन गर्न बानी लगाएका कारण टिमको प्रदर्शन राम्रो देखिएको उनी बताउँछन्।सुधार गर्नुपर्ने पक्षहरूसाफ च्याम्पयनशिपमा नेपालले खेलेका पाँच खेलमध्ये दुईमा जित, एक बराबरी र दुईमा हार बेहोर्यो।नेपालले भारतसँग लीग चरणमा १-० ले र फाइनलमा ३-० ले हार्यो।भारतसँगको खेलमा नेपाल कमजोर देखिएको थियो जसले नेपाली फुटबललाई दक्षिण एशियाकै उच्च स्तरमा राख्न पनि सुधान गर्नुपर्ने पक्षहरू देखिए।नेपाली फुटबलका जानकारहरूका बुझाइमा थप सुधार गर्नुपर्ने तीन पक्ष यस्ता छन्:१. प्राविधिक साक्षरता र सीपअन्तर्राष्ट्रिय फुटबलमा नयाँ-नयाँ खेल कौशलको विकास भइरहे पनि नेपाली फुटबल टोली प्राविधिक सीपमा पछि परेको धेरैको बुझाइ छ।प्रतिस्पर्धी टिमविरुद्ध प्रभावकारी रणनीतिका लागि प्राविधिक सीपको फुटबलमा आएका नयाँ कौशलहरूबारे जानकारी आवश्यक भए पनि नेपाली टिममा यसको अभाव रहेको पत्रकार बज्राचार्य बताउँछन्।बज्राचार्य भन्छन्, 'नेपाल योभन्दा अगाडि जान फुटबल साक्षरताकै अभाव छ। त्यो भनेको फुटबलमा आएका नयाँ शैली र प्रयोगहरूबारे हाम्रा खेलाडीहरू अभ्यस्त र जानकार हुनु हो।''फुटबलमा नयाँ शैली र तरिकाहरू आइरहेका छन् तर हाम्रोमा खेल सीप साक्षरताको निकै कमी छ। हामी जुन चरणमा आइपुगेका छौँ, त्यसभन्दा अघि बढ्न त्यो सीप अपरिहार्य हुन्छ।'२. व्यावसायिक लीगमा लगानीनेपालमा व्यावसायिक फुटबल प्रतियोगिता सुरु भए पनि यसको स्तर वृद्धि नहुँदा खेलाडीहरूले नयाँ कौशल सिक्न नपाएको जानकारहरूको भनाइ छ।घरेलु लीगले अभ्यास गर्ने अवसर दिए पनि राष्ट्रिय टिमका खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सिकेका कौशल अभ्यास गर्न यस्ता लीगहरूमा धेरै सुधार हुनुपर्ने सरोकारवालाहरू बताउँछन्।खेलाडी श्रेष्ठ भन्छन्, 'नेपालमा खेलाडीहरू उत्पादन र अभ्यासको अवसरका लागि गरिने प्रतियोगिताहरू र बनाइने प्रशिक्षण प्रतिष्ठानहरूबारे सरकार र एन्फाले योजनाहरू बनाउन आवश्यक छ।'त्यसका लागि लीगहरूमा लगानी बढाउन आवश्यक रहेको व्यवस्थापक उपाध्याय बताउँछन्।३. खेलाडीहरूको जीवनशैली र तन्दुरुस्तीनेपालको राष्ट्रिय टिमका सबै खेलाडीहरूमा अनुशासित जीवनशैलीको अभाव रहेका कारण उनीहरू शारीरिक रूपमा तन्दुरुस्त नरहेको कतिपयको बुझाइ छ।यसका लागि उनीहरूलाई खानपिनसम्बन्धी ज्ञान र प्रशिक्षणको आवश्यकता रहेको जानकारहरू बताउँछन्।नेपालले प्राविधिक प्रशिक्षकहरूमा लगानी गरिरहे पनि खेलाडीहरूको खानपिन र तन्दुरुस्तीसम्बन्धी क्षेत्रमा लगानी नगरेको पत्रकार बज्राचार्यले बताए।खेलाडी श्रेष्ठ पनि यसमा सहमत छन्।उनी भन्छन्, 'खेलाडीहरूको जीवनशैली र अनुशासन पनि एउटा महत्पूर्ण पक्ष हो। त्यसमा सुधार गर्नुपर्ने पक्ष छ।'सरकारले साफ च्याम्पियनशिपमा राम्रो प्रदर्शन गरेको भन्दै खेलाडीहरूलाई जनही पाँच लाख र प्रशिक्षकहरूलाई तीन लाख पुरस्कार घोषणा गरेको छ।तर नेपालको फुटबलको स्तर थप उकास्नका लागि यस्ता प्रोत्साहनसँगै खेल पूर्वाधार र खेलाडीहरूको सेवासुविधामा ध्यान दिइनुपर्ने व्यवस्थापक उपाध्यायको सुझाव छ। - बिबिसीनेपालीबाट

यातायात व्यवसायीको अराजक शैली

भाडा समायोजन र कोभिड–१९ विरुद्धको खोप लगाउन पाउनुपर्ने लगायत सातबुँदे माग राख्दै यातायात व्यवसायीहरूले यातायात व्यवस्था विभागमा धर्ना दिएका छन् । विरोधका क्रममा उनीहरूले यातायात सञ्चालन गरेनन् भने त्यस क्षेत्रमा बाटामा गाडी तेस्र्याएर निजी गाडीको आवागमनमा समेत अवरोध पुर्‍याए । राइड शेयरिङ पठाओका चालकलाई समेत उनीहरूले कुटे । आफ्नो माग राख्नु व्यवसायीको अधिकार हो तर यसरी अराजक शैलीमा प्रस्तुत हुनुचाहिँ स्वीकार्य हुन सक्दैन । व्यवसायीका माग उचित हुन् भने तिनलाई सम्बोधन गर्नुपर्छ । उचित छैन भने कारणसहित उनीहरूलाई मनाउन सक्नुपर्छ । तर, विरोधका नाममा सर्वसाधारणले दुःख पाउने, प्रतिस्पर्धी व्यवसायीले कुटिनुपर्ने तथा सर्वसाधारणको आवागमनमै असर पर्ने खालका अराजकता कुनै पनि हालतमा गर्न दिनु हुँदैन । कोरोनाका कारण यातायात व्यवसायी निकै मर्कामा परेका छन् । उनीहरूले बैंकको साँवा र ब्याजको किस्ता तिर्न पनि सकेका छैनन् । अहिले निषेधाज्ञा खुकुलो भए पनि कोरोनाको त्रासका कारण मानिसहरू बाहिर कमै निक्लिएका छन् । त्यसमा पनि सकेसम्म सार्वजनिक यातायात चढ्न नपरोस् भनेर सतर्क हुने गरिएको छ । यी सबैको असर सार्वजनिक यातायात व्यवसायीमाथि परेको छ । निकै समयदेखि सार्वजनिक यातायातको भाडादर समायोजन गरिएको छैन । बीचमा भाडा बढाइए पनि समायोजन नै भने भएको छैन । त्यसैले व्यवसायीका मागहरू जायज नै देखिन्छन् । मौद्रिक नीतिबाट केही मागको सम्बोधन हुने अपेक्षासमेत व्यवसायीको छ । उनीहरू मर्कामा परेका छन् । त्यसका लागि उनीहरूले आफ्नो माग सम्बद्ध निकायसमक्ष राखेका छन् । तर, माग राख्दैमा पूरा भइहाल्छ भन्ने छैन । माग पूरा नहुनेबित्तिकै अराजक किसिमले प्रस्तुत हुनचाहिँ पाइँदैन । सरकारी नियम कानूनअनुसार दर्ता भएर व्यवसाय गरेपछि सरकारी नियम मान्नैपर्छ । तर, सरकारले छोटो दूरीको भाडा नबढाएको अवस्थामा व्यवसायीहरूले बढी भाडा लिइरहेका छन् । बढी भाडा नतिर्ने यात्रुहरूलाई दुर्व्यवहार गरेको गुनासो पनि आएको छ । ट्राफिक प्रहरीले यसरी नियमविपरीत भाडा उठाएकामा केही सवारीसाधनलाई कारबाही पनि गरेको छ । यी सबै तथ्यले नेपालका सार्वजनिक सवारीसाधनमा अराजकता रहेको देखाउँछ । यसै पनि नेपालमा सार्वजनिक यातायातको छवि राम्रो छैन । मनपरी भाडा उठाउने, यात्रुसँग दुर्व्यवहार गर्ने, नियमविपरीत यात्रु कोच्ने, गन्तव्यमा नपुर्‍याउने, साँझबिहान सेवा नदिनेजस्ता थुप्रै अराजकतापूर्ण व्यवहार व्यवसायीहरूको पाइन्छ । अझ, यी अराजकताबाट दिक्क भएका सर्वसाधारणले प्रयोग गर्ने थालेको टुटल र पठाओका चालकलाई कुट्ने धम्की दिनेजस्ता काम पनि उनीहरूबाट बारम्बार हुने गरेको छ । बिहीवारको प्रदर्शनमा पनि पठाओका चालकलाई कुटपिट गरिएको छ । पारदर्शी भाडा र व्यवहारका कारण अहिले टुटल र पठाओको प्रयोगकर्ता बढ्दै छन् । यसप्रति यात्रुहरूको विश्वास उच्च छ । तर, आप्mनो भाग खोसेको भन्दै उनीहरूमाथि बारम्बार कुटपिटका घटना हुने गरेका छन् जुन कुनै पनि सभ्य मुलुकमा स्वीकार्य हुन सक्दैन । सरकारले पनि लामो दूरीको भाडा २८ प्रतिशतसम्म बढायो तर छोटो दूरीका सार्वजनिक यातायातको भाडा बढाएन । त्यस्तै ट्याक्सीहरूको पनि भाडा बढेको छैन । अहिले सरकार परिवर्तन भएको छ । नयाँ सरकार आउनेबित्तिकै व्यवसायी संघ अहिले भाडा वृद्धिको माग लिएर आन्दोलन गरिरहेको छ । यसलाई सर्वसाधारणले रुचाएका छैनन् । सर्वसाधारणको विचारमा सरकार र व्यवसायीको मिलोमतो छ । त्यसैले यस्तो विषम परिस्थितिमा विरोध र आन्दोलनका नाममा अराजकता मच्चाउने छूट दिनु हुँदैन । व्यवसायीका माग उचित हुन् भने तिनलाई सम्बोधन गर्नुपर्छ । उचित छैन भने कारणसहित उनीहरूलाई मनाउन सक्नुपर्छ । तर, विरोधका नाममा सर्वसाधारणले दुःख पाउने, प्रतिस्पर्धी व्यवसायीले कुटिनुपर्ने तथा सर्वसाधारणको आवागमनमै असर पर्ने खालका अराजकता कुनै पनि हालतमा गर्न दिनु हुँदैन । सरकार यसमा कडा भएर प्रस्तुत हुनुपर्छ ।

नेफ्टा अवार्ड २०७७ को मनोनयन सार्वजनिक

काठमाडौं : १० औं नेफ्टा अवार्ड २०७७ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको। शनिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच नेफ्टाले २०७५ सालमा प्रदर्शनमा आएका फिल्महरुबाट ३० बढि विधाका उत्कृष्ट पाँच प्रतिस्पर्धी सार्वजनिक गरेको हो। गत साल कोरोनाका कारण अवार्ड शो रोकिएका कारण यो वर्ष २०७५ सालमा प्रदर्शन भएका उत्कृष्ट फिल्मलाई सम्मानित…

'प्रसाद'मा नेपाल आइडलका प्रतिस्पर्धी विक्रम बरालको स्वर :: Pahilopost.com

काठमाडौं : फिल्म 'प्रसाद'का लागि नेपाल आइडलका विक्रम बरालले गीत रेकर्ड गरेका छन्। मंसिर २१ गतेदेखि प्रदर्शनमा आउने फिल्मको तेश्रो गीतमा उनले स्वर दिएका हुन्। सुवास भुषालको शब्द तथा संगीत रहेको गीत प्लेब्याकको रुपमा प्रयोग गरिने टिमले बताएको छ। फिल्मलाई दिनेश रावतले निर्देशन गरेका हुन्। गीतलाई फिल्म प्रदर्शनपछि मात्र युट्युबमा