सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएसँगै ग्रामीण विकास लघुवित्तको नाफा ११८% बढ्यो

कात्तिक २८, काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ११८ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ४ करोड २० लाख ८३ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ९ करोड २० लाख ९६ हजार पुगेको हो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन नाफामा वृद्धि भएकाले र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको पहिलो त्रैमासको तुलनामा सञ्चालन नाफा चालू आवको सोही अवधिमा ९७५ प्रतिशत र खुद ब्याज आम्दानी ३९ प्रतिशत वृद्धि भएको छ । त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. ९८ करोड २५ लाख रहेको छ भने जगेडामा रू. १ अर्ब १० करोड सञ्चित गरेको छ । कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा रू. ७ अर्ब २ करोड १० लाख सापटि लिएर, रू. ३ अर्ब ८४ करोड ९७ लाख निक्षेप संकलन गरेर रू. १३ अर्ब ५९ करोड  २६ लाख कर्जा लगानी गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३७ दशमलव ४८ (वार्षिक), मूल्य आम्दानी अनुपात २६ दशमलव ८१ गुणा र प्रतिशेयर नेटवर्थ रू. २१२ दशमलव ६८ रहेको छ ।