चन्द्रपुरका जनप्रतिनिधिकै मिलेमतोमा जथाभावी उत्खनन

रौतहट : चन्द्रपुर नगरपालिका वडा नं–१ मा पर्ने पौराई खोलामा स्काभेटर लगाएर जथाभावी उत्खनन गरिएको छ। रैयाटोल हुँदै पौराई मन्दिर जाने बाटोमा पर्ने पौराई खोला बुधबार दिनभरि उत्खनन भएको हो। दर्जनौं ट्याक्टर लाइन लगाएर एक स्काभेटरले उत्खनन गरेको थियो।पौराई खोला उत्खनन भईरहेको सूचना पाएपछि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सुनिल कर्णसहितको टोलीलाई देख्नासाथ स्काभेटर र ट्याक्टरहरुको भागाभाग भएको प्रमुख कर्णले बताए।केही ठेकेदारहरुले चाँदी, बागमती र त्यसपछि पौराई खोलामा जथाभावी उत्खनन