मुलुकका विभिन्न १३ स्थानमा खनीज उत्खनन तथा अन्वेषण गरिने भएको छ। खानी तथा भूगर्भ विभागले खनिज उद्योग प्रवर्द्धनका लागि पाँच वटा खनिजको १३ स्थानमा उत्खनन तथा अन्वेषणका लागि बोलपत्र आह्वान गरेको हो।...
रौतहट : चन्द्रपुर नगरपालिका वडा नं–१ मा पर्ने पौराई खोलामा स्काभेटर लगाएर जथाभावी उत्खनन गरिएको छ। रैयाटोल हुँदै पौराई मन्दिर जाने बाटोमा पर्ने पौराई खोला बुधबार दिनभरि उत्खनन भएको हो। दर्जनौं ट्याक्टर लाइन लगाएर एक स्काभेटरले उत्खनन गरेको थियो।पौराई खोला उत्खनन भईरहेको सूचना पाएपछि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सुनिल कर्णसहितको टोलीलाई देख्नासाथ स्काभेटर र ट्याक्टरहरुको भागाभाग भएको प्रमुख कर्णले बताए।केही ठेकेदारहरुले चाँदी, बागमती र त्यसपछि पौराई खोलामा जथाभावी उत्खनन
बैतडीमा महाकाली नदीबाट अवैधरुपमा बालुवा उत्खनन भइरहेको पाइएको छ । दशरथचन्द नगरपालिकाले टेण्डर आह्वान गरेर निश्चित कम्पनीलाई तोकिएका मापदण्डअनुसार नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिएको भए पनि महाकालीमा अवैध उत्खनन बढ्दै गएको पाइएको हो ।महाकालीबाट अवैधरूपमा बालुवा ल्याउँदै गरेको ट्र्याक्टर प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ । महाकाली नदी किनारबाट अवैधरुपमा बालुवा उत्खनन गरेर ल्याउँदै गरेको […]
दशरथचन्द नगरपालिकाले टेण्डर आह्वान गरेर निश्चित कम्पनीलाई तोकिएका मापदण्डअनुसार नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिएको भए पनि महाकालीमा अवैध उत्खनन बढ्दै गएको पाइएको हो।...
काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ । आज पनि महानगरपालिकाको टोलीले आज (सोमवार) हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो । टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित क्षेत्र पहिचान गरेर उत्खनन जारी राखेको छ । केही दिनअघि जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा निकालेको […]
बाँकेमा नदीजन्य सामग्री अवैध रुपले उत्खनन गरिएको छ। जिल्लाको राप्ती सोनारी गाउँपालिका अन्तर्गत पर्ने विभिन्न स्थानमा अवैध उत्खनन गरी घाटगद्दी गरेको पाइएको हो।...
बालुवा, गिट्टीको उत्खनन संसारको सबैभन्दा ठूलो उत्खनन हो । संसारमा कुल उत्खननको ८५ प्रतिशत हिस्सा गिट्टी, बालुवाको छ । बढ्दो शहरीकरण र ठूलो संख्यामा भइरहेको निर्माणजन्य कार्यले बालुवा, गिट्टीको माग बढ्दैछ । एक अध्ययन अनुसार विश्वभरि वार्षिक ३२ अर्ब टन बालुवा र ५० अर्ब टन गिट्टीको उत्खनन हुन्छ । खोला, नदीहरू नै यो उत्खननको मुख्य […]
दाङ - दाङको राप्ती नदीमा निषेधाज्ञाको मौकामा उत्खनन बढेको छ । देउखुरीको लमही-गढवा सडकखण्ड अन्तर्गत राप्ती पुलपूर्वतर्फ नदीमा भइरहेको उत्खननका लागि डोजर र टिप्परको मेला नै लाग्ने गरेको स्थानीयले बताएका छन् ।
नदीमै ठूला औजार प्रयोग गरेर उत्खनन हुँदा जोखिम बढेको स्थानीयबासिन्दाको गुनासो छ । राप्ती नदी किनारमा भर्खरै बनाएको तटबन्धको माथिल्लो भाग खोलिएको छ ।
गाउँलेहरुले उत्खनन भइरहेको ठाउँमै पुगेर मापदण्ड अनुसार मात्रै उत्खनन गर्न अनुरोध गरे पनि ठेकेदारहरुले मानेका छैनन् ।
व...
चाँगुनारायण नगरपालिकाले निर्माण गर्न लागेको खेल मैदानमा ठेक्दार कम्पनीले मापदण्डविपरित बालुवा उत्खनन गरिरहेको पाइएको छ ।चाँगुनारायण नगरपालिका–४ मा निर्माण हुन लागेको खेल मैदानमा ठेकेदार कम्पनी आगन्जा कन्स्ट्रक्सन प्रालिले मापदण्डविपरीत बालुवा उत्खनन गरेको हो । ठेकेदार कम्पनीले नगरपालिकासँग भएको सम्झौताविपरीत जमिनको लेबलभन्दा करिब २५÷३० फिट तल गएर बालुवा उत्खनन गरेको हो । करिब ९३ रोपनी क्षेत्रफलमा […]