दाङ - दाङको राप्ती नदीमा निषेधाज्ञाको मौकामा उत्खनन बढेको छ । देउखुरीको लमही-गढवा सडकखण्ड अन्तर्गत राप्ती पुलपूर्वतर्फ नदीमा भइरहेको उत्खननका लागि डोजर र टिप्परको मेला नै लाग्ने गरेको स्थानीयले बताएका छन् ।
नदीमै ठूला औजार प्रयोग गरेर उत्खनन हुँदा जोखिम बढेको स्थानीयबासिन्दाको गुनासो छ । राप्ती नदी किनारमा भर्खरै बनाएको तटबन्धको माथिल्लो भाग खोलिएको छ ।
गाउँलेहरुले उत्खनन भइरहेको ठाउँमै पुगेर मापदण्ड अनुसार मात्रै उत्खनन गर्न अनुरोध गरे पनि ठेकेदारहरुले मानेका छैनन् ।
व...