भारतीय सेनाप्रमुख र उनकी पत्नीसहित १३ जनाको हेलिकप्टर दुर्घटनामा ज्यान गयो

भारतीय सेना प्रमुख विपीन रावत र उनकी पत्नीसहित ११ जनाको हेलिकप्टर दुर्घटनामा ज्यान गुमेको छ। भारतीय सेनाले ट्विट गर्दै यसबारे जानकारी दिएको हो। भारतीय सेना प्रमुख रावत र उनकी पत्नीसहित १४ जना सवार हेलिकप्टर एमआई-१७ भीएच बुधबार मध्यान्हमा दुर्घटनामा परेको थियो। तमिलनाडुको निलिगिरिस जिल्लाको कुनुर भन्ने ठाउँमा पर्ने जङ्गलमा बुधबार उक्त हेलिकप्टर एउटा रुखमा ठोक्किएको […]

सम्बन्धित सामग्री

उडिसा रेल दुर्घटनामा मृत्यु भएका पर्साका इन्द्रजित पासवानको शव ल्याइयो

वीरगंजः भारतको उडिसा राज्यको बालासोरमा गत मंगलबार राति २८८ जनाको ज्यान जानेगरी भएको रेल दुर्घटनामा मृत्यु भएका एक युवकको शव पर्सा ल्याइएको छ । पर्सा छिपहरमाई गाउँपालिका ५ भिस्वा बस्ने २१ वर्षीय इन्द्रजित पासवानको रेल दुर्घटनामा मृत्यु भएको हो। खनाखतपछि शव नेपाल ल्याइएको हो। रोजगारीका सिलसिलामा भारत गएका पासवानको दुर्घटनमा…

भारत-भुटान सीमा नजिक सडक दुर्घटनामा एक सैनिकको मृत्यु, ४ घाइते

भारत-भुटान सीमाको तामुलपुर नजिक सोमबार भारतीय सेनाको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्। गुवाहाटीका डिफेन्स पीआरओले घाइते सेनाका जवानहरूलाई आर्मी बेस अस्पतालमा लगिएको जानकारी दिएका छन्। ‘भारत-भुटान सीमामा रहेको तामुलपुर नजिक आज भारतीय सेनाको गाडी दुर्घटना हुँदा एक सैनिकको मृत्यु भएको छ भने चार जना घाइते […]

ग्यास बुलेट दुर्घटनामा सहचालकको मृत्यु

त्रिवेणी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ग्यास बुलेट दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। एक घाइते भएका छन् । गएराति विनयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेमा भारतबाट ग्यास बोकेर काठमाडौंका लागि छुटेको  एनएलओएल–२४६० नम्बरको ग्यास बुलेट अनियन्त्रित भई दुर्घटना भएको हो।जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकका अनुसार दुर्घटनामा परी सहचालक भारत उत्तर प्रदेश निवासी १८ वर्षीय जयनारायण पालको मृत्यु भएको हो। अ

मकवानपुर बस दुर्घटनामा ज्यान गुमाएकामध्ये ६ जनाको पहिचान खुल्यो

मकवानपुरमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएकामध्ये ६ जनाको पहिचान खुलेको छ । दुर्घटनामा ७ जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा ज्यान गुमाएका एक जनाको अहिलेसम्म परिचय खुलेको छैन ।मकवानपुरको भीमफेदी गाउँपालिकामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेमा नुवाकोट घर भएका रघुराज न्यौपाने, बाराका अन्दुल्लाहा मियाँ ठकुराई र सेख अरमान, वीरगञ्जका हृदयनाराण पञ्जियार, मकवानपुरका मदन विक र भारत मोतिहारी घर भएका सरदनारायण शर्मा रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।दुर्घटनामा घाइते भएका २६ जनामध्ये ४

जम्मू कश्मीर: निर्माणाधीन सुरुङ दुर्घटनामा मारिए २ नेपाली, को हुन् उनीहरू?

भारत जम्मू कश्मीरको रामबन जिल्लामा जम्मू-श्रीनगर राष्ट्रिय राजमार्ग-४४ मा निर्माणाधीन सुरुङमा बिहिबार भएको दुर्घटनामा दुई जना नेपाली मारिएको खबर भारतीय सञ्चार माध्यमले दिएका छन्। उक्त सुरुङको एक भाग भत्किएको दुई दिन पछि शनिबार थप नौ शवहरू निकालिएपछि दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको अधिकारीहरूले जानकारी दिएका छन्। बेपत्ता सबै कामदारको शव भेटिएपछि शनिबार साँझ दुई […]

काश्मिरमा गाडी दुर्घटनामा परी नौ जनाको मृत्यु, चार घाइते

काश्मिरको भारत नियन्त्रित क्षेत्रमा विवाहका सहभागीहरूलाई बोकेर गुडिरहेको गाडी दुर्घटनामा परी कम्तीमा नौ जनाको मृत्यु भएको र अन्य चार जना गम्भीर घाइते भएको प्रहरीले शुक्रबार जनाएको छ ।भारत नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगर शहरबाट करीब १४७ किलोमिटर दक्षिणपश्चिममा पुन्च जिल्लाको बाफियाज क्षेत्रमा गाडी अनियन्त्रित भइ बिहीबार साँझ गहिरो खोल्सामा खसेको र उक्त घटनामा वैवाहिक कार्यक्रम गएका व्यक्तिहरूको निधन भएको हो । “गत साँझ विवाह भोजमा सहभागी मानिसहरूलाई गाडीको सीट क्षमताभन्

सवारी दुर्घटनामा कलाकार घाइते

अभिनेता श्याम कुमार मिश्र सवारी दुर्घटनामा परी घाइते भएका छन् । कपिलबस्तुको कृष्णनगरबाट विजयनगर फर्किने क्रममा मंगलबार मध्यान्ह उनी आफै सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा भएको हो । स्थानीय अस्पताल भर्ना भएको उनको  दुबै खुट्टा, एक हात र घाँटीको पछाडिको भाग भाँचिएको बताइएको छ । उनलाई बिहीबार थप उपचारका लागि भारत लैजाने तयारी भएको छ ।

कानपुर–इलाहावाद सडकमा भएको दुर्घटनामा १६ जनाको मृत्यु

एजेन्सी। भारत उत्तर प्रदेशको कानपुर–इलाहावाद राजमार्गमा भएको सवारी दुर्घटनामा १६ जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका ६ जनामध्ये दुई जनाको अवस्था गम्भीर छ। तीव्र गतिमा आइरहेको बसले एक लोडरलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो। प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको तत्काल अनुसन्धान गर्न निर्देशन दिँदै मृत्यु भएकाका परिवारलाई दुई लाखका दरले राहत दिने घोषणा गरेका छन्।

दुर्घटनामा घाइते दुई नेपालीलाई मूल प्रवाहको सहयोग

खिमराज चालिसे, चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली समाज हिसार नगर समितिले छुट्टाछुट्टै दुर्घटनामा घाइते भएका दुई जना नेपालीलाई उपचारका लागि सहयोग गरेको छ । भारतको हिसारमा वेटर पार्टीमा कार्यरत पाल्पा जिल्लाको भलाङग पोखराथोकका जित बहादुर वाका र कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका घेरवा भर्तपुरका दीपक पाण्डेलाई मूल प्रवाहले सहयोग गरेको हो । पाल्पाका वाकाको १७ फरवरीको कार्यस्थलदेखि घर फर्कने क्रममा साइकिल दुर्घटना भएको थियो । उहाँको चावला अस्पतालमा चेकअप गर्दा खुट्टा भाचिएको रिपोर्ट आएको थियो । आर्थिक स्थिति विपन्न भएकोले उहाँलाई क्षेत्रीय सदस्य आत्मराम न्यौपाने, नगर कोषाध्यक्ष हुमाकान्त अधिकारी, इन्ड्रष्ट्रीयल एरियाका अध्यक्ष लालबहादुर चुदाली, सदस्य दान बहादुर दर्लामी लगाएतले भेटगरि ५००० भारु अर्थात ८००० नेरु नगद नगर समितीको तर्फबाट सहयोग गर्नु भएको छ । यसैगरि न्यु माडल टाउन हिसारमा कार्यरत कपिलवस्तुका दीपक पाण्डे ६ महिना पहिला दुर्घटनामा पर्नु भएको । उहाँ डाक्टरको सल्लाह अनुसार वेडरेस्टमा रहनुभएको छ । आर्थिक अवस्था कमजोर रहेको पाण्डेलाई नगर समिती हिसारले नगद रु ५००० भारु (रु ८०००) सहयोग गरिएको मूल प्रवाह नगर सचिव तारा सोमारेले जानकारी दिनुभयो ।