बुटवल : रूपन्देहीमा विद्युतीय सार्वजनिक बस संचालन गरिएको छ। सुन्दर यातायात प्रालिले स्थानीय रूटमा संचालन हुने गरि ‘पब्लिक इलेक्ट्रिक भेइकल’ बुटवलमा भित्र्याएको हो। तत्कालको लागि बुटवल–भैरहवा रूटमा दुईवटा वातावरण अनुकुलित (एसी बस) संचालनमा आएका प्रालिका सञ्चालक डीआर घिमिरेले जानकारी दिए।
छिट्टै बुटवल–सालझण्डी हुँदै कपिलवस्तुको जीतपुरसम्म र बुटवलदेखि सुनवल हुँदै बर्दघाटसम्म…