पर्वत : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्ने यात्रुहरूको सहजताका लागि सार्वजनिक बस सेवा सञ्चालन सुरु भएको छ।पोखरा महानगरपालिकाले पोखरा बस यातायात प्रालिसँगको सहकार्यमा शनिवारदेखि बस सेवा सुरु गरिएको छ। पोखरा महानगरपालिकाको कार्यालयका अनुसार विमानस्थल भित्र दुई वटा बस ३÷३ मिनेटको फरकमा छुट्ने छन्। विमानस्थलबाट अमरसिंह चोक–वीरेन्द्र चोक–राम बजार–मितेरी पुल–आरटिओ रोड–विरौटा चोक–राष्ट्रबैँक चोक हुँदै फिस्टेल गेटसम्म चार वटा बस १०/१० मिनेट क