आफ्नो हत्या षड्यन्त्रमा पाकिस्तानी प्रधानमन्त्री शरीफ संलग्न रहेको इमरान खानको आरोप

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफ्नो हत्या गर्ने षड्यन्त्रमा वर्तमान प्रधानमन्त्रीको संलग्नता रहेको आरोप लगाएका छन्। हत्या प्रयासका क्रममा गोली लागेर अस्पतालमा रहेका खानले निको भएपछि यस्तो बताएका हुन्। अप्रिलमा अविश्वासको मतपछि प्रधानमन्त्रीको रूपमा उनको स्थानमा आएका प्रधानमन्त्री सेहबाज शरीफ, आन्तरिक मन्त्री राणा सनाउल्लाह र एक वरिष्ठ सेना कमाण्डर षड्यन्त्रमा…

सम्बन्धित सामग्री

पाकिस्तानी प्रधानमन्त्री इमरान खान सत्ताच्युत हुनुका यी हुन् कारण

एजेन्सी, २७ चैत्र । इमरान खान सत्तामा आएपछि पाकिस्तानलाई नयाँ उचाइमा पु¥याउने आशाका रूपमा हेरिएको थियो । तर, ४४ महिनापछि अविश्वासको प्रस्तावका कारण इमरानलाई सत्ताबाट हटाइएपछि यी सबै आशाहरू उल्टो साबित भए । पाकिस्तानमा मुद्रास्फीति चरम सीमामा छ र त्यहाँको जीडीपी र रुपैयाँ दुवैको अवस्था कमजोर छ। इमरानलाई सत्ताबाट हटाउनुको मुख्य कारण के थियो ? […]

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त

काठमाडौं, २७ चैत । पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । खान विरूद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भएसँगै उनी पदमुक्त भएका हुन् । शनिबार मध्यरातमा संसदमा भएको मतदानमा खानको विपक्षमा १७४ सांसदले मतदान गरेपछि उनले विश्वासको मत गुमाएका हुन् । पाकिस्तानको नेशनल एसेम्बलीमा ३४२ सदस्य छन् । अविश्वासको प्रस्तावमा १७४ मत परेको […]

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त

काठमाडौंं, चैत २७ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएपछि पदमुक्त भएका छन् । प्रधानमन्त्री खान विरुद्धको अविश्वासको प्रस्तावमा १७४ जना सदस्यले मतदान गरेपछि पदमुक्त भएका हुन् । इमरान खानको सरकारले संसद् विघटन गरी तत्काल चुनावको तयारी अघि बढाउने घोषणा गरेपछि प्रतिपक्षी दलका नेताहरू सर्वोच्च अदालत गएका थिए। प्रधानमन्त्री इमरानविरुद्ध गत मार्च २८ […]

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त

पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको छ । अविश्वासको प्रस्तावको पक्षमा १७४ जना सदस्यले मतदान गरेपछि प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको बीबीसीले जनाएको छ । अविश्वासको प्रस्ताव पारित भएसँगै इमरान खान पदमुक्त भएका छन् । उनको सरकारले संसद् विघटन गरी तत्काल चुनावको तयारी अघि बढाउने घोषणा गरेपछि आक्रोशित प्रतिपक्षी दलका नेताहरू संसद्‌मा मतदान रोक्ने निर्णय कानुन विपरीत भएको भन्दै सर्वोच्च अदालत पुगेका थिए। बिहीबार पाकिस्तानको स

अप्ठ्यारोमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान

इस्लामाबाद । पाकिस्तानका विपक्षी सांसदहरूले प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा अविश्वासको प्रस्ताव ल्याएका छन् । खान नेतृत्वको सरकार ढाल्न विपक्षीले अविश्वासको प्रस्ताव ल्याएका हुन् । खान नेतृत्वको सरकारले देशको अर्थतन्त्र अव्यवस्थित गराएको विपक्षीहरुले आरोप लगाउँदै आएका छन् । तल्लो सदन नेसनल एसेम्बलीमा बिहीबारबाट अविश्वासको प्रस्तावमाथि बहस सुरु हुनेछ र सात दिनभित्र मतदान हुनेछ । तल्लो सदनमा […] The post अप्ठ्यारोमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान appeared first on राजधानी राष्ट्रिय दैनिक.

पाकिस्तानी प्रधानमन्त्री इमरान र उनकी पत्नी बुशरामाथि ६ अर्ब घुस लिएको आरोप

एजेन्सी, १३ चैत्र । अविश्वासको प्रस्तावसँगै पाकिस्तानका प्रधानमन्त्री इमरान खान दिनप्रतिदिन समस्यामा फसेका छन् । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)की उपाध्यक्ष मरियम नवाजले इमरान खान र उनकी श्रीमतीमाथि ठूलो आरोप लगाएकी छन् । शनिबार मरियम नवाजले इमरान खान र उनकी पत्नी बुशरा बीबीमाथि ६ अर्ब पाकिस्तानी रुपैयाँ घुस लिएको आरोप लगाएकी हुन् । यससँगै उनले यसलाई […]

भारतीयको पोस्टर चोरेपछि विवादमा घेरिए पाकिस्तानी प्रधानमन्त्री

पाकिस्तानी प्रधानमन्त्री इमरान खान अहिले विवादमा तानिएका छन् । आफ्नो सरकारको प्रचार गर्नका लागि सार्वजनिक गरिएका पोस्टर र ब्यानरमा भारतीय जनताको फोटो समावेश गरेको आरोप विपक्षीहरुले उनीमाथि लगाएका हुन् । तीन वर्षका उपलब्धिको बयान पाकिस्तानमा इमरान खान प्रधानमन्त्री चुनिएको तीन वर्ष पुगेको छ । यस अवसरमा उनले आफ्ना उपलब्धिबारे जनतालाई जानकारी दिन र आफ्नो पार्टी पिटिआईको प्रचार गर्नका लागि पोस्टर, ब्यानर र पर्चा छपाउन लगाएका थिए । आगामी चुनावको तयारीलाई समेत मध्यनजर गरेर यस्तो गरिएको थियो

किन गए इमरान खान साउदी अरब?

एजेन्सी। पाकिस्तानी प्रधानमन्त्री इमरान खान साउदी अरबको तीन दिने भ्रमणमा हिजो शुक्रबार त्यता पुगेका छन्। दुई देशबीच वर्षौंदेखि रणनीतिक सम्बन्ध बलियो भए पनि क्षेत्रीय मुद्दाबारे हालैका दिनमा मनमुटाव पैदा भएको छ। २०१८ मा पाकिस्तान आर्थिक तनावमा रहेका बेला साउदीले तीन अर्ब २० करोड डलर ऋण दियो। तर पनि दुई देशबीच सफा सम्बन्ध बन्न नसकेको अवस्थामा खान साउदी गएका हुन्।

पाकिस्तानी प्रधानमन्त्री खान साउदी अरबको भ्रमणमा

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खान साउदी अरबको तीन दिन भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धका बारेमा छलफल हुनेछ । पाकिस्तानी अखबार डनका अनुसार दुई देशबीच केही समयदेखि जारी तिक्तता हटाउन दुबै पक्षले प्रयास गर्नेछन् ।  पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सल्मानको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री खानले साउदी अरेबियाको भ्रमण गर्न लाग्नु भएको जनाएको छ । प्रधानमन्त्री