किन गए इमरान खान साउदी अरब?

एजेन्सी। पाकिस्तानी प्रधानमन्त्री इमरान खान साउदी अरबको तीन दिने भ्रमणमा हिजो शुक्रबार त्यता पुगेका छन्। दुई देशबीच वर्षौंदेखि रणनीतिक सम्बन्ध बलियो भए पनि क्षेत्रीय मुद्दाबारे हालैका दिनमा मनमुटाव पैदा भएको छ। २०१८ मा पाकिस्तान आर्थिक तनावमा रहेका बेला साउदीले तीन अर्ब २० करोड डलर ऋण दियो। तर पनि दुई देशबीच सफा सम्बन्ध बन्न नसकेको अवस्थामा खान साउदी गएका हुन्।