पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हट्नुभएको छ । खानले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि पदमुक्त हुनुभएको हो । खान अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री समेत बन्नुभएको छ ।
विपक्षी दलहरूले उहाँको विरुद्धमा प्रस्ताव ल्याएपछि गएराति मतदान भएको थियो । संसदमा रहेका ३ सय ४२ सदस्यमध्ये प्रस्तावको पक्षमा एक सय ७४ सदस्यले मत दिएका छन् । जुन बहुमतका रुपमा रहेको छ ।
संसदमा मतदान हुनुअघि प्रधानमन्त्री खानले आफूलाई हटाउन षड्यन्त्र भएको दाबी गर्दै विपक्षी सरकारलाई मान्यता नदिने चेतावनी दिनुभएको थ...