साउन महिनामा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या ३ लाख ३६ हजारले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो महिना अर्थात् असार मसान्तसम्म कुल मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या १ करोड ८३ लाख ७ हजार २५५ रहेकोमा साउन मसान्तसम्म (एकै महिनामा) बढेर १ करोड ८६ लाख ४३ हजार ८३४ पुगेको हो । जसबाट साउन महिनामा मात्र कुल १ खर्ब ५२ अर्ब ५६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको बैंकले जनाएको छ । यस्तै समीक्षा अवधिमा भुक्तानी प्रदायक वालेट प्रयोगकर्ताको सख्या १ करोड ४० लाख ९४ हजार, डेबिट कार्ड