काठमाडौं : यसवर्षको दशै्रको अवधिमा देशभर साना ठूला गरी एक हजार ३४३ सवारी दुर्घटना भएका छन्। सवारी दुर्घटनामा परी ९७ जनाको मृत्यु भएको छ भने एक हजार ३९८ जना घाइते भएका छन् । तीमध्ये २४८ जना गम्भीर घाइते रहेका छन्।असोज १० गते घटस्थापनायता उक्त संख्यामा दुर्घटना भएका हुन्। यसमा आइतबार भएका दुर्घटनाको संख्या जोडिएको छैन। ती दुर्घटनामा ६७ जना पुरुष र २२ जना महिला तथा आठ बालबालिकाले ज्यान गुमाएका नेपाल प्रहरीको तथ्यांक छ।प्रहरीको तथ्यांकअनुसार दुर्घटनामा १७६ पुरुष, ५१ महिला, १५ बालक र ६ जना