बैतडी : दशैँमा १४ सवारी दुर्घटना, १६७ कारबाहीमा

बैतडी : दशैंमा बैतडीमा १४ सवारी दुर्घटना भएका छन्। असोज २८ गते घटस्थापनादेखि शनिबार कोजाग्रत पूर्णिमासम्म १४ सवारी दुर्घटना भएका हुन्।दुर्घटनामा पर्ने सवारीसाधनमा पाँच जीप, चार मोटरसाइकल,दुई ट्याक्टर,एक ट्रक,एक अल्टो,एक अटो रिक्सा रहेका छन्।उक्त दुर्घटनामा परेर ११ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।घाइतेमध्ये चार जनाको अवस्था मध्यम र सातको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। अधिकांश सवारी दुर्घटना मुख्य सडकहरूमै भएका जनाइएको

सम्बन्धित सामग्री

सुदूरपश्चिममा सवारी दुर्घटनाः तीन वर्षमा ५०० बढीको मृत्यु

बैतडी - सुदूरपश्चिम प्रदेशमा बर्सेनि सवारी दुर्घटना बढ्दै गएको छ । यसबाट ठूलो जनधनको क्षति हुने गरेको छ । ट्राफिक प्रहरीले आफ्नो सक्रियता बढाएको भनी दाबी गरे पनि प्रदेशका नौवटै जिल्लामा सवारी दुर्घटनामा भने कमी आउन सकेको छैन ।    गत तीन वर्षयता यहाँ एक हजार दुई सय ४६ सवारी दुर्घटना भएका सुदूरपश्चिम प्रदेश ...

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं : विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। संखुवासभा, सल्यान, बैतडी, पर्सा र कञ्चनपुरका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटना भएका छन्।संखुवासभाको चैनपुर नगरपालिका-११ गहतेस्थित सडकमा को.२ त ४२९४ नम्बरको ट्याक्टर अनियन्त्रित भई करिब ७ मिटर तल खोल्सामा झरेर शनिबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-३ पोखरी बस्ने २४ वर्षीय बिनाहाङ लिम्बूको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मनकामना अस्पताल तुम्लिङटारमा उपचारको क्रममा मृत्यु भएको हो।यस्तै, सल्यानक

सवारी दुर्घटना बढेपछि सवारी जाँचमा कडाइ

बैतडी, ५ माघ । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको शाहीलेकमा सवारी जाँच गर्दै ट्राफिक प्रहरी । सवारी दुर्घटना बढेको भन्दै यहाँ सवारी जाँचमा कडाइ गरिएको छ । तस्वीरः विनोदसिंह विष्ट÷रासस

‘दुई मिनेट चालकसँग’ अभियान सञ्चालनमा

बैतडी । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले बैतडीमा ‘दुई मिनेट चालकसँग’ अभियान सञ्चालन गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले उक्त अभियान सञ्चालन गरेको हो । पछिल्लो समय जिल्लामा सवारी दुर्घटना बढ्दै गइरहेकाले न्यूनीकरण गर्नका लागि ‘दुई मिनेट चालकसँग’ अभियान सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख आकाश रावलले जानकारी दिनुभयो । अभियानअन्तर्गत राजमार्ग […]

दुर्घटना घटाउन ‘दुई मिनेट चालकसँग’ अभियान

बैतडी : सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले बैतडीमा ‘दुई मिनेट चालकसँग’ अभियान सञ्चालन गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले उक्त अभियान सञ्चालन  गरेको हो।  पछिल्लो समय जिल्लामा सवारी दुर्घटना बढ्दै गइरहेकोले न्यूनीकरण गर्नका लागि ‘दुई मिनेट चालकसँग’ अभियान सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख आकाश रावलले  जानकारी दिए।अभियानअन्तर्गत राजमार्ग र भित्री सडकहरुमा सवारी चेकजाँचमा कडाइ गरिएको छ।  उनले भने, 'चालकले मात

सुरक्षा योजना लागू, चार सय प्रहरी परिचालन

बैतडी, १७ असोज: जिल्ला प्रहरी कार्यालय बैतडीले चाडपर्व लक्षित ‘सुरक्षा योजना’ लागू गरेको छ । कार्यालयले विभिन्न १८ बुँदे कार्ययोजना सार्वजनिक गर्दै सुरक्षा योजना लागू गरेको हो । दसैँतिहार तथा छठ पर्वको समयमा जिल्लामा मादक पदार्थ बिक्रीवितरण तथा ओसार–पसार र सेवन, विस्फोटक पदार्थ ओसारपसार, जुवाजन्य खेलहरु, चोरी, तस्करी, खाद्यान्नको कृत्रिम अभाव तथा कालोबजारी, सवारी दुर्घटना […]

बैतडी : सवारी दुर्घटनामा एक वर्षभित्र ३४ जनाको मृत्यु

बैतडी : सवारी दुर्घटनामा बैतडीमा गत आर्थिक वर्षमा ३४ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न राजमार्ग र ग्रामिण कच्ची सडकमा भएका सवारी दुर्घटनामा परी एक वर्षमा ३४ जनाले ज्यान गुमाएका हुन्।१४ वटा सवारी दुर्घटनामध्ये ११ वटा कच्ची सडकमा भएका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। उनले भने, ‘ग्रामीण कच्ची सडकहरू गुणस्तरीय नहुनु, मोडहरूमा समस्या हुनु, अनुभवी चालक नहुनु लगायत कारणले सवारी दुर्घटना बढ्दै गएको देखिन्छ।’गत आर्थिक वर्षको कार्तिक महिनामा