बैंकहरुले कर्जा दिँदा चर्को ब्याज लिएको भन्दै देशका विभिन्न भागबाट उद्योगी व्यवसायीले आन्दोलन थालेका छन् । बैंकहरुले दिने कर्जाको ब्याजदर सकेसम्म एकल अंकमा राख्नुपर्छ भन्ने माग उद्योगी व्यवसायीको छ । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स जस्ता संस्थाहरुले पनि बैंकहरुले लिने कर्जाको ब्याजदर महँगो भएको भन्दै घटाउन दबाब दिइरहेका छन् । तर, उद्योगी व्यवसायीसँग प्रत्यक्ष जोडिएको महँगीसँग तुलना गर्ने हो भने बैंकबाट ऋण लिनेहरूलाई भन्द