विचारभन्दा माथि देश’ राजसंस्था, संघीयता खारेजी र हिन्दु-बौद्ध राष्ट्रको माग सहित पुस्तकका रूपमा आउँदै

काठमाडौं, ३ साउन । राजनीतिकर्मी, परोपकारी, लेखक तथा बीबीसी नेपाली सेवाका पूर्वप्रमुख रवीन्द्र मिश्रको पाँचौं पुस्तक ‘विचारभन्दा माथि देश’ प्रकाशन हुने भएको छ। पुस्तक छिट्टै बजारमा उपलब्ध हुनेछ। ‘विचारभन्दा माथि देश’मा मिश्रले गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता जस्ता विषय सैद्धान्तिक रूपमा गलत नभए पनि दिनप्रतिदिन संवेदनशील हुँदै गएको नेपालको भूराजनीति र आन्तरिक परिस्थितिका कारण ती […]

सम्बन्धित सामग्री

संघीयता खारेजी सम्भव छैन : मुख्यमन्त्री जम्कट्टेल

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संघीयता खारेजी सम्भव नभएको बताएका छन् । ‘संघीयता चाहिँदैन कि चाहिँदैन भनेर ठूलो बहस निकालिँदै छ, तर त्यो बहस आवश्यक छैन,’ मुख्यमन्त्री जम्कट्टेलले भने, ‘नागरिकको माग त्यो होइन, त्यसैले त्यो सम्भव पनि छैन ।’

काठमाडौंमा संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै प्रदर्शन

काठमाडौं । काठमाडौंमा संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले प्रदर्शन गरेको छ । शनिबार व्यवसायी दुर्गा प्रसाई नेतृत्वको महा अभियानले काठमाडौंको माइतीघरमा भेला भएर नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने भन्दै राजतन्त्रको पक्षमा नाराबाजी […]

संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै राप्रपाको प्रदर्शन

काठमाडौँ । संघीयता खारेजी, हिन्दू राष्ट्र, राजसंस्था पुनर्स्थापनाको माग गर्दै राप्रपाले काठमाडौँमा प्रदर्शन गरेको छ । बुधबार दिउँसो माइतीघरदेखि नयाँ बानेश्वरसम्म राप्रपा कार्यकर्ताले प्रदर्शन गरेका हुन् । उनीहरुले हिन्दु राष्ट्र कायम हुनुपर्ने, राजसंस्था स्थापना हुनुपर्ने, संघीयता खारेज हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन पद्धति कायम गर्नुपर्ने लगायतका माग राखेका छन् । राप्रपाले यी […]

ओलीको नयाँ चुनावी हतियार : संघीयता खारेजी !

दोस्रो पटक प्रधानमन्त्री भएको बेला २०७६ जेठ ६ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले धादिङको एउटा कार्यक्रममा भनेका थिए, ‘प्रदेश सरकारहरुलाई अलिअलि के–के लाग्छ भने, हामी स्वतन्त्र राष्ट्रका सार्वभौम सरकार हौं । हामीलाई किन नियन्त्रण गर्या होला जस्तो पनि अलि अलि लाग्छ होला । त्यसकारण यो भएन । त्यो भएन भनेर छटपटाएको पनि देखिन्छ । […]

विवेकशीलको मुद्दा: संघीयता खारेजी र धर्मनीरपेक्षताबारे जनमतसंग्रह

काठमाडौं, ११ फागुन । विवेकशील साझा पार्टी संघीयता खारेजी र धर्मनीरपेक्षताको विरोधलाई मुख्य एजेन्डा बनाएर बढ्ने भएको छ । आज अध्यक्ष रवीन्द्र मिश्रको दस्तावेजलाई दुई तिहाईभन्दा बढीले पारित गरेपछि विवेकशील संघीयता र धर्मनीरपेक्षताविरोधी एजेन्डा बोक्ने अवस्थामा पुगेको हो । विवेकशीलका प्रवक्ता शरदराज पाठकले १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेर दस्तावेज पारित गरेको […]

‘बहुमतलाई मान्दा अल्पमतको अधिकार सुरक्षित हुनुपर्छ’

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षताबारे बहसका लागि प्रस्ताव अघि सारेसँगै उक्त पार्टीका संयोजक मिलन पाण्डेसहित केन्द्रीय सचिवालय सदस्यहरू केशव दाहाल, डा. राजेन्द्र पंगेनी र रञ्जु दर्शनाले संयुक्त रूपमा नयाँ प्रस्ताव सार्वजनिक गरेका छन्। केही दिनअघि व्यक्तिगत धारणा भन्दै पार्टी अध्यक्ष मिश्रले संघीयता खारेजी, धर्म निरपेक्षतामा जनमत सङ्ग्रह र राजतन्त्रको पक्षपोषण गर्दै एक आलेख प्रकाशित गरेका थिए। मिश्रलाई काउण्टर दिनेगरी ल्याइएको प्रस्ताव ल्याउनुका कारण

रवीन्द्र मिश्रको प्रस्ताव– संघीयता खारेजी, धर्मनिरपेक्षताबारे जनमत संग्रह

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजीको प्रस्ताव गरेका छन् । ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ नामक दस्तावेजमार्फत मिश्रले आफ्नो प्रस्तावलाई छलफलका लागि बाहिर ल्याएका हुन् ।उनले स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी, धर्मनिरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव गरेका हुन् । उनले संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत बनेको, नेपालको अखण्डताका लागि पनि घातक बनेको र नेपालका प्रमुख संस्थाहरुलाई क्षयीकृत गर्ने अर्को कडी भएको जिकिर गरेक

रवीन्द्र मिश्रको प्रस्ताव- संघीयता खारेजी, धर्मबारे जनमत संग्रह (दस्तावेजसहित)

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजीको प्रस्ताव गरेका छन् । उनले स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव गरेका छन् ।विप्लव समूहले संसदीय व्यवस्था कि समाजवाद रोज्ने भन्नेबारे जनमत संग्रहको प्रस्ताव अगाडि सारेका बेला विवेकशील साझा पार्टीका संयोजक समेत रहेका मिश्रले संघीयता र धर्म निरपेक्षतामाथि प्रश्न उठाउँदै जनमत संग्रहको माग अगाडि सारेका हुन् ।दस्तावेजमा मिश्रले संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत बनेको, न