रवीन्द्र मिश्रको प्रस्ताव- संघीयता खारेजी, धर्मबारे जनमत संग्रह (दस्तावेजसहित)

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजीको प्रस्ताव गरेका छन् । उनले स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव गरेका छन् ।विप्लव समूहले संसदीय व्यवस्था कि समाजवाद रोज्ने भन्नेबारे जनमत संग्रहको प्रस्ताव अगाडि सारेका बेला विवेकशील साझा पार्टीका संयोजक समेत रहेका मिश्रले संघीयता र धर्म निरपेक्षतामाथि प्रश्न उठाउँदै जनमत संग्रहको माग अगाडि सारेका हुन् ।दस्तावेजमा मिश्रले संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत बनेको, न

सम्बन्धित सामग्री

रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्नुस् : खगेन्द्र संग्रौला

काठमाडौं।लेखक तथा नागरिक समाजका अगुवा खगेन्द्र संग्रौलाले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्न सुझाव दिएका छन्। सामाजिक सञ्जालमा संग्रौलाले लेखेका छन्,'मिश्रलाई संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह चाहिएछ।कुराको चुरो यही हो भने यी नवमण्डलेले खुरुक्क कमल थापाको राजावादी राप्रपामा प्रवेश गरे हुन्छ।' मिश्रले हिजो संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अगाडि सारेका थिए।

संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गरौँ : रवीन्द्र मिश्र

न्युज अफ नेपाल, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । बहस र छलफलका लागि भनेर सार्वजनिक गरिएको दस्तावेजमा उनले संघीयताले थप भ्रष्टाचार मौलाएको र धर्मनिरपेक्षताको सन्दर्भमा जनमत संग्रह गर्नुपर्ने धारणा राखेका छन् । दस्तावेजमा भनिएको छ, ‘धर्मनिरपेक्षताबारे जनमत संग्रह र स्थानीय निकायलाई […]