अर्थमन्त्री जनार्दन शर्माले समाजवाद उन्मुख अर्थतन्त्रकाबारे सरकारी कर्मचारीले जान्नैपर्ने बताएका छन् । राजस्व प्रशासन सम्बन्धी अधिकृतस्तरीय सेवाकालीन तालिमको उद्घाटन गर्दै शर्माले समाजवाद उन्मुख अर्थतन्त्रबारे बुझ्नुपर्ने बताएका हुन् । ‘नेपालको संविधानले समाजवाद उन्मुख अर्थतन्त्र भनेको छ । समाजवादको कुरा गरेको छ । तपाईँहरूले के हो समाजवाद भनेर पढ्नुपर्यो, थाहा पाउनुपर्यो’, मन्त्री शर्माले भने, ‘समाजवाद उन्मुख अर्थतन्त्रको विकास कसरी गर्न सकिन्छ भन्ने कुरा जान्नुपर्छ । कस्त