प्रदेस नंं १ को राजधानी बनाउन माग गर्दै आन्दोलनकारीले बुधबार क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा तालबन्दी गरेका छन्। आज बिहान तालाबन्दी गर्न गएका आन्दोलनकारीलाई गेटबाहिरै रोक्न खोजेपछि प्रहरीसँग घम्साघम्सी हुँदा धनकुटा नगरपालिका वडा नंं ६ का जेशिस श्रेष्ठ घाइते भएका छन्। टाउकोमा चोट लागेका श्रेष्ठको जिल्ला अस्पताल धनकुटामा उपचार भईरहेको छ।