मुस्ताङका महिला उद्यमीलाई ‘डिजिटल मार्केटिङ’ तालीम

म्याग्दी । फापरको पिठोको झिलिंगा, खुर्पानीको सुकुटी, स्याउ र खुर्पानीको अग्र्यानिक जुस मुस्ताङका मौलिक उत्पादन हुन् । तर, प्रचारप्रसारको अभावमा जिल्लाभित्र मात्र सीमित मुस्ताङी उत्पादनको स्वाद अब भने बाहिरका उपभोक्ताले समेत लिन पाउने भएका छन् । मुस्ताङमा पर्यटन व्यवसायी महिला संघ नेपाल (टेबान)ले यहाँका महिला उद्यमीलाई ‘डिजिटल मार्केटिङ’सम्बन्धी चारदिने तालीम प्रदान गरेपछि उनीहरूले स्थानीय उत्पादनलाई बाहिरी बजारमा पठाउने तयारी शुरू गरेका छन् । जिल्लामै खपत हुने यी हिमाली रैथाने उत्पादनहरूको माग काठमाडौं, पोखरा जस्ता शहरी क्षेत्रहरूमा उच्च छ । तर, व्यापारिक ज्ञानको अभावमा जिल्लाभित्रै सीमित रहेका यी उत्पादन अब डिजिटल मार्केटिङको माध्यमबाट जुनसुकै ठाउँमा पनि मगाउन सकिने तालीमका प्रशिक्षक आँखीझ्याल टेक्नोलोजिजका इन्जिनियर उज्ज्वल पौडेलले बताए । इमेल/इन्टरनेट र सामाजिक सञ्जालका माध्यमबाट पर्यटन प्रवद्र्धन र उत्पादनको बजारीकरणका उपायबारे जान्न पाउँदा मुस्ताङका महिला उद्यमी उत्साहित भएको उनको भनाइ छ । मुस्ताङमा उत्पादन हुने वस्तुबारे थाहा पाएकाहरूले सीधा सम्पर्कबाट वा अन्य माध्यमबाट उत्पादनको खरीद गर्न सक्ने प्रशिक्षक पौडेलले बताए । मुस्ताङ र पोखराका पर्यटन व्यवसायीबीच भएको अन्तरक्रियामा पोखरा र मुस्ताङबीचको पर्यटकीय साझेदारीको आवश्यकतामा जोड दिइएको थियो । मुस्ताङका होटल व्यवसायी पनि यो तालीमबाट लाभान्वित भएको स्थानीय शोभित शेरचनले बताए । घरपझोङ गाउँपालिकाका प्रमुख मोहनसिंह लालचनले मुस्ताङ क्षेत्रको पर्यटकीय प्रवद्र्धनका लागि पोखरा महानगरपालिकाको सहयोग आवश्यक रहेका बताए  । त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले मुस्ताङका मौलिक उत्पादन नेपाली बजारमा मात्रै होइन, विश्व बजारमा समेत प्रवद्र्धन गर्न सक्नुपर्ने बताए ।

सम्बन्धित सामग्री

महिला उद्यमशीलतासम्बन्धी दुई दिवसीय प्रदर्शनी गरिने

मोरङ – महिला उद्यमीलाई हौसला र प्रवर्धन उत्थान गर्ने उद्देश्यसहित नेपाल उद्यम परिसंघ कोसी प्रदेशको महिला उद्यम समितिले महिला उद्यमशीलतासम्बन्धी दुई दिवसीय प्रदर्शनी गर्ने भएको छ। विराटनगरस्थित परिसंघको कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा महिला उद्यम समिति संयोजक रचना राठीले प्रदर्शनी विराटनगरमा चैत २३ र २४ हुने जानकारी दिइन्। संयोजक राठीले उद्यमशीलता प्रदर्शनीले महिला उद्यमीहरूको हौसला […]

वनकरियासहित उद्यमीलाई व्यावसायिक योजना तालिम

हेटौँडा (मकवानपुर), १७ फागुन । मकवानपुरको मनहरि गाउँपालिकामा रहेका लोपोन्मुख वनकरिया समुदायका महिला उद्यमीलाई बजारीकणसहित ग्रीन फाउण्डेसन नेपालले (जिएफएन) व्यावसायिक योजना बनाउने तालिम प्रदान गरेको छ । वनमा आधारित उद्यमको दिगो विकास र व्यवस्थापन गर्दै समुदायलाई वनबाट आयमा जोड्ने उद्देश्यसहित व्यावसायिक योजनाको तालिम दिइएको हो । तालिममा बागमती प्रदेशसभा सदस्य भारती पाठकले वनबाट समृद्धि सम्भव […]

महिला उद्यमीलाई बिनाधितो सहुलियत कर्जा

बिर्तामोड– मेची उद्योग वाणिज्य संघले मेचीनगरमा क्रियाशील ६ वटा संघसंस्थाका महिला उद्यमीलाई बिनाधितो सहुलियत कर्जा प्रदान गरेको छ । मेची उद्योग वाणिज्य संघले मेचीनगरमा क्रियाशील ६ वटा संघसंस्थाका महिला उद्यमीलाई बिनाधितो व्यावसायिक पशुपालन, तरकारी खेती, सिलाइबुनाइ सहुलियत कर्जा उपलब्ध गराएको संघका अध्यक्ष खेमराज प्रसाईले जानकारी दिए । मेचीनगरका वडानम्बर ६, ८ र ९ का महिलाले […]

उद्यमीलाई सहयोग गर्न सरकार तत्पर छ : मन्त्री रिजाल

काठमाडौँ- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्यमीलाई हरसम्भव उत्प्रेरित गर्दै सहयोग गर्न सरकार तत्पर रहेको बताएका छन् । साना तथा मझौला व्यवसायी महासङ्घ नेपालले महिलाको महान पर्व तीजको अवसर पारेर ललितपुरमा आयोजना गरेको ‘महिला उद्यमी मेला’ को आज उद्घाटन गर्दै मन्त्री रिजालले उद्यमीहरूको मेहनतका कारण मुलुक समृद्धितर्फ जाने बताए । उनले उद्यमीलाई सहयोग गर्नु […]

गोदावरी नगरपालिकाले उद्यमीलाई १० लाखसम्म निर्ब्याजी ऋण दिने

ललितपुरको गोदावरी नगरपालिकाले युवा तथा महिला उद्यमीलाई विनाब्याज १० लाख रुपैयाँसम्मको ऋण दिने भएको छ । युवा तथा महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले पाँचदेखि १० लाखसम्म निर्ब्याजी ऋण दिन लागेको हो ।  ऋण...

चेम्बरद्वारा महिला उद्यमीलाई तालिम

काठमाडाैं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले उद्यमी महिलाका लागि सूचना प्रविधि सम्बन्धी तालिम दिने भएको छ । लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसँगको सहकार्यमा मुलुकभरका उद्यमी महिलालाई सूचना प्रविधि सम्बन्धी तालिम दिन लागिएको हो । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी तालिमबारे जानकारी गराइएको छ । तालिम सम्बन्धी सम्झौता पत्रमा महिला चेम्बरकी सचिव लिमा अधिकारी […]

महिला उद्यमीलाई ५० लाखसम्मको निर्यात कर्जा

काठमाडौं । सरकारले निर्यातजन्य उद्योग–व्यवसायमा महिला उद्यमीलाई आकर्षित गर्न ५० लाख रुपैयाँसम्मको निर्यात कर्जा उपलब्ध गराउने भएको छ । मुलुकको बढ्दो व्यापार घाटाका कारण विदेशी मुद्रा सञ्चितिमा समेत ह्रास आई अर्थतन्त्र नै संकटमा परिरहेका बेला निर्यातजन्य उद्योगमा महिला उद्यमीको सहभागिता बढाउन यस्तो व्यवस्था गरिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै कार्यान्वयनमा ल्याएको औद्योगिक […]

महिला उद्यमीलाई ५० लाखसम्मको निर्यात कर्जा

सरकारले निर्यातजन्य उद्योग–व्यवसायमा महिला उद्यमीलाई आकर्षित गर्न ५० लाख रुपैयाँसम्मको निर्यात कर्जा उपलब्ध गराउने भएको छ । मुलुकको बढ्दो व्यापार घाटाका कारण विदेशी मुद्रा सञ्चितिमा समेत ह्रास आई अर्थतन्त्र नै संकटमा परिरहेका बेला निर्यातजन्य उद्योगमा महिला उद्यमीको सहभागिता बढाउन यस्तो व्यवस्था गरिएको हो ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै कार्यान्वयनमा ल्याएको औद्योगिक व्यवसाय नियमावलीमा निर्यात […]

महिला उद्यमीलाई प्रवर्द्धन गर्दै हात्तीसारमा हाट बजार सम्पन्न

काठमाण्डाै – महिला उद्यमीलाई प्रवर्द्धन गर्दै माया मनोर बुटिक होटल हात्तीसारमा दुई दिने 'विमेन लेड हाट बजार' सम्पन्न भएको छ । फागुन २१ र २२ गते दिउँसो १ बजेदेखि बेलुकी ७ बजेसम्म चलेको हाट बजारमा महिला व्यवसायीका ४० वटा स्टल रहेका थिए । पर्यटन व्यवसायी तृषाग्नी शाक्यसँगै द पार्क बजारका सञ्चालक विशेषता श्रेष्ठ र निमा शेर्पा मानन्धरले तीन वर्षदेखि हाटबजार सञ्चालन गर्दै आएका छन् । महिलाहरूको व्यवसाय प्रवर्द्धन आयोजना गरिएको हाट बजारमा फरक क्षमता भएका र बेचबिखनमा परि उद्धार गरिएका महिलाले निर्माण गरेका गहनाको ...

महिला उद्यमीलाई प्रवर्द्धन गर्दै खल्ती

काठमाडौं (अस) । खल्ती डिजिटल वालेटले महिलाद्वारा सञ्चालित घरेलु, साना तथा मध्यम  उद्यमीलाई विभिन्न प्रशिक्षणमार्फत सशक्त र डिजिटाइज गर्दै आएको बताएको छ । कम्पनीले यूएनसीडीएफ र यूएनईएससीएपीसँगको सहकार्यमा महिला उद्यमीलाई सहयोग गर्दै आएको हो । कार्यक्रमले महिला उद्यमीहरूलाई आर्थिक रूपमा अझ बढी स्वतन्त्र बनाउने उद्देश्य लिएको कम्पनीका परियोजना संयोजक, प्रभातकुमार झाले बताए । महिला उद्यमीबाट उत्पादित  उत्पादन र सेवाको निःशुल्क डिजिटल मार्केटिङ प्रदान गर्न र बिक्री बढाउन स्थानीय अर्थात् खल्ती बजारमा पनि उद्यमीलाई समेटिएको उनले जानकारी दिए । कार्यक्रमलाई थप प्रोत्साहित गर्न विभिन्न बैंकसँगको सहकार्यमा महिलालाई निःशुल्क बैंक खाता खोल्न सहयोग गर्दै आएको खल्तीले बताएको छ । महिलाको नेतृत्वमा सञ्चालन भइरहेको व्यवसायका खल्तीले प्रत्येक टप–अपमा ४ प्रतिशत क्यास ब्याक, महिला उद्यमीको व्यवसाय प्रवद्र्धन एवं झन्झटरहित भुक्तानीको लागि ५०० एसएमएस र निःशुल्क खल्ती क्यूआर उपलब्ध गराएको कम्पनीले जानकारी दिएको छ ।