काठमाडौं (अस) । खल्ती डिजिटल वालेटले महिलाद्वारा सञ्चालित घरेलु, साना तथा मध्यम उद्यमीलाई विभिन्न प्रशिक्षणमार्फत सशक्त र डिजिटाइज गर्दै आएको बताएको छ । कम्पनीले यूएनसीडीएफ र यूएनईएससीएपीसँगको सहकार्यमा महिला उद्यमीलाई सहयोग गर्दै आएको हो ।
कार्यक्रमले महिला उद्यमीहरूलाई आर्थिक रूपमा अझ बढी स्वतन्त्र बनाउने उद्देश्य लिएको कम्पनीका परियोजना संयोजक, प्रभातकुमार झाले बताए । महिला उद्यमीबाट उत्पादित उत्पादन र सेवाको निःशुल्क डिजिटल मार्केटिङ प्रदान गर्न र बिक्री बढाउन स्थानीय अर्थात् खल्ती बजारमा पनि उद्यमीलाई समेटिएको उनले जानकारी दिए ।
कार्यक्रमलाई थप प्रोत्साहित गर्न विभिन्न बैंकसँगको सहकार्यमा महिलालाई निःशुल्क बैंक खाता खोल्न सहयोग गर्दै आएको खल्तीले बताएको छ ।
महिलाको नेतृत्वमा सञ्चालन भइरहेको व्यवसायका खल्तीले प्रत्येक टप–अपमा ४ प्रतिशत क्यास ब्याक, महिला उद्यमीको व्यवसाय प्रवद्र्धन एवं झन्झटरहित भुक्तानीको लागि ५०० एसएमएस र निःशुल्क खल्ती क्यूआर उपलब्ध गराएको कम्पनीले जानकारी दिएको छ ।