काठमाडौँ, साउन १७ । पछिल्लो समय आत्महत्याका घटना बढ्दै गएका छन् । एक वर्षमा ५ हजार एक सय २४ ले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । हरेक दिन १४ नेपालीले आत्महत्या गर्छन् । आर्थिक वर्ष ०७२-७३ मा चार हजार ६ सय ७३ र ०७१-७२ मा चार हजार ३ सय ३२ जनाले आत्महत्या गरेका थिए ।