भारतमा अघिल्लो वर्ष २२,३७२ गृहिणीले आत्महत्या गरेको राष्ट्रिय अपराध रिकर्ड विभाग (एनसीआरबी) ले हालै एक तथ्यांक सार्वजनिक गर्दै जानकारी दिएको छ । यस अनुसार प्रत्येक दिन ६१ र प्रत्येक २५ मिनेटमा एक गृहिणीले आत्महत्या गरेका छन् ।भारतमा सन् २०२० मा भएको कुल १ लाख ५३ हजार ५२ आत्महत्यामा गृहिणीको संख्या १४.६ प्रतिशत रहेको छ । यसमा आत्महत्या गर्ने महिलाको संख्या ५० प्रतिशत भन्दा पनि बढी छ ।यो स्थिती गत वर्षको मात्रै होइन । सन् १९९७ मा जब एनसीआरबीले पेशाको आधारमा आत्महत्याको आँकडा एकत्