निर्वाचन मिति घोषणापछि स्वीकृत बजेटभन्दा पृथक् हुनेगरी अर्थ मन्त्रालयबाट कुनकुन मन्त्रालय र निकायमा केकति रकम, कस्ता योजना तथा कार्यक्रममा रकमान्तर, निकासा र स्रोत सुनिश्चितता गरिएको छ कि छैन भन्ने विषयमा अर्थ सचिवलाई २४ घन्टाभित्र विवरण पेस गर्न आयोगले निर्देशन दिएको छ।