जनता समाजवादी पार्टी (जसपा)को पूर्व राजपा खेमाका प्रभावशाली नेताहरू समेत उपेन्द्र यादव पक्षमा लागेका छन् ।
तत्कालीन राजपाको अध्यक्ष मण्डलका सदस्य समेत रहेका नेता राजकिशोर यादव, प्रभावशाली नेता मनिष सुमनलगायत उपेन्द्रको पक्षमा लागेका हुन् ।
पार्टीको आधिकारिकता विवाद टुंगो लगाउन निर्वाचन आयोगले बोलाएपछि उपेन्द्रको पक्षमा हस्ताक्षर गर्न पुगेका यादवले पार्टी विभाजन हुन नदिन आफूले हस्ताक्षर गरेको बताए ।
‘मैले महन्थलाई भेटेर तपाईंको कारणले पार्टी विभाजन गर्नु हुँदैन । विभाजन गर्ने मुड बनाउनु भएको छ भने म साथ दिन्न भ...