एमालेबाट विभाजित भइ बनेको नेकपा एकीकृत समाजवादी पार्टीका नेता माधवकुमार नेपालले एकताका सबै ढोका बन्द भएपछि नयाँ पार्टी गठन गरिएको बताएका छन् । नेता नेपालले आफुहरुकै पहलमा लोकप्रिय बनेको कम्युनिष्ट पार्टीलाई कब्जा, बदनाम एवम् समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरिएको बताएका हुन् ।शुक्रबार सामाजिक सञ्जालमार्फत नेपालले भनेका छन् : ‘एकताका सबै ढोका बन्द गर्दै हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम