पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले पूर्व मुख्यसचिव तथा पूर्वराजदूत लीलामणि पौडेलको आलोचना गरेका छन् । उनले ‘जिम्मेवार मान्छेले भ्रमको आगोमा सत्यको पानी हाल्ने कि भ्रमको घिउ थप्ने ?’ भन्दै पौडेललाई प्रश्न गरेका छन् । ‘एउटा देशभक्तले सामरिक भूमरीमा फस्दै गएको देशलाई प्रतिस्पर्धी शक्तिहरू बीचमा गतिशील सन्तुलन कायम राखेर देशको स्वाधीनताको रक्षा गर्ने कि एउटा सामरिक धुरीमा ढल्केर द्वन्द्वको भुमरीलाई मलजल गर्ने ? सबै गम्भीर बन