पुटिनको घोषणापछि अमेरिकी कूटनीतिज्ञलाई युक्रेनबाट पोल्यान्ड पठाइयो

रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको विखन्डनकारीले नियन्त्रणमा लिएको क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि अमेरिकाले युक्रेनमा बाँकी रहेका कूटनीतिज्ञलाई पोल्यान्ड पठाएको छ । सुरक्षाको कारण दर्शाउँदै अमेरिकाले आफ्ना कूटनीतिज्ञलाई पोल्यान्ड पठाएको हो ।पुटिनको घोषणापछि आफ्ना कूटनीतिज्ञलाई पोल्यान्ड पठाएको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले पुष्टि गरेका छन् । कर्मचारीहरूलाई पहिले नै युक्रेनको राजधानी किभबाट पश्चिमी सहर ल्भिभमा सारिएको  उनले बताए । उनीहरुले युक्रेनमा निरन्तर

सम्बन्धित सामग्री

पोल्यान्ड र हङ्गेरीमा युक्रेनबाट हुने खाद्यान्न आयातमा प्रतिबन्ध !

पोल्यान्ड र हङ्गेरीले युक्रेनबाट हुने खाद्यान्न आयातमा प्रतिबन्धको घोषणा गरेका छन् । युक्रेनी अन्न सस्तोमै बेचिन थालेपछि आफ्नो स्थानीय कृषि उत्पादनको रक्षा गर्न भन्दै दुई देशले खाद्यान्न आयातमा प्रतिबन्धको घोषणा गरेका रोयटर्सले जनाएको छ ।रुसको आक्रमणले ब्ल्याक सी का केही बन्दरगाह बन्द भएपछि ठूलो मात्रामा युक्रेनी अन्न युरोपेली बजारमा बिक्री भइरहेको छ । युक्रेनको अन्न युरोपेली सङ्घ (ईयू) मा सबैभन्दा सस्तो छ । युक्रेनी अन्नले बजार पाउँदा आफ्नो देशमा उत्पादन घटेको पोल्यान्ड र हङ्गेरीको भनाइ छ ।तर ईयूले सदस्य राष्ट्रहरूको यस किसिमको एकपक्...

युक्रेनबाट ५८० नेपाली बाहिरिए १० जना स्वदेश फर्किए

युद्धग्रस्त युक्रेनबाट आइतबार अपराह्नसम्म ५८० जना नेपाली बाहिरिएका छन् । युक्रेनबाट पोल्यान्ड, स्लोभाकिया, रोमानिया र हंगेरी पुगेका नेपालीमध्ये नेपाल आइपुग्ने भने जम्मा १० जना मात्रै छन् । बाँकी ५७० जना युक्रेनकै चार...

युक्रेनबाट नेपाली उद्धार गर्ने कार्य लगभग सकियो : राजदूत खड्का

काठमाडौँ । रुसी आक्रमणको चपेटामा रहेको युक्रेनबाट नेपाली उद्धार गर्ने कार्य लगभग सकिएको छ । युक्रेनमा आक्रमण भएको १३ औँ दिन मङ्गलवार युक्रेनबाट ६ जना नेपाली पोल्यान्ड पुगेपछि अब युक्रेनमा स्थायी रूपमै बसेका नेपालीबाहेक अन्य नेपाली त्यहाँ नरहेको अनुमान गरिएको छ । युक्रेनबाट नेपालीहरूलाई बाहिर ल्याउन खटिरहेका जर्मनका लागि नेपाली राजदूत रामकाजी खड्काले जर्मन स्थित […]

युक्रेनबाट ५७९ नेपाली बाहिरिए, नौजना स्वदेश फिर्ता

युद्धग्रस्त युक्रेनबाट हालसम्म पाँच सय ७९ जना नेपाली बाहिरिएका छन् । युक्रेनबाट पोल्यान्ड, स्लोभाकिया, रोमानिया र हंगेरी पुगेका नेपालीमध्ये जम्मा नौजना स्वदेश फर्केका छन् भने बाँकी पश्चिम युरोपमै बसेका छन् । जर्मनीमा...

युक्रेनी राष्ट्रपति भागेर पोल्यान्ड पुगेको हल्ला चलेपछि… (भिडियोसहित)

एजेन्सी, २१ फागुन । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की भागेर पोल्यान्ड पुगेको हल्ला चल्यो । शुक्रबार रुसी संसद डुमाका सभामुख भ्याचेस्लाभ भोलोडिनले जेलेन्स्की युक्रेनबाट भागिसकेको अभिव्यक्ति दिए । उनी पोल्यान्डमा रहेको भने । रुसी समाचार संस्था स्पुतनिकसँगको कुराकानीमा भोलोडिनले जेलेन्स्कीबारे अभिव्यक्ति दिएपछि विश्वकै चासो बन्यो । त्यसपछि शनिबार उनले भिडियो सन्देश दिए । उक्त सन्देशमा जेलेन्स्कीले […]

युक्रेनबाट निस्कन  सफल १५ नेपाली तीन दिन  पोल्यान्ड प्रहरीको हिरासतमा

युक्रेनका लागि गैरआवासीय राजदूत भन्छन्– नौजना छुटिसके, ६ जनालाई छुटाउने प्रयास भइरहेको छ युद्धग्रस्त युक्रेनबाट बाहिरिएर पोल्यान्ड सीमाक्षेत्र पुगेका १५ नेपालीलाई त्यहाँको प्रहरीले पक्राउ गरी तीन दिनसम्म हिरासतमा राखेको खुलेको छ । तर,...

भारतले युक्रेनबाट नेपालीको पनि उद्धार गर्ने

काठमाडौं, १९ फागुन । भारतले युक्रेनमा रहेका आफ्ना नागरिकहरुको धमाधम उद्धार गरिरहेको छ । उसले पोल्यान्ड, हंगेरी, रोमानिया, मोल्डोभाबाट आफ्ना नागरिकलाई उद्धार गरी ल्याइरहेको छ । अपरेशन गंगा नाम दिइएको उद्धारका क्रममा हजारौं भारतीय नागरिक विमानबाट फर्काइने क्रम चलिरहेको छ । नेपालले पनि आफ्ना नागरिकको उद्धारका लागि भारतलाई सहयोगको आग्रह गरेको छ । यसप्रति भारतले […]

युक्रेनबाट नेपालीको उद्धार चल्दै : सयभन्दा धेरै नेपाली पोल्यान्ड सीमामा

काठमाण्डाै - युक्रेनबाट नेपालीको उद्धार चलिरहेको छ । जर्मनीमा रहेको नेपाली दूतावासका अनुसार दुई सय २५ जना नेपाली निरन्तर सम्पर्कमा छन् । उनीहरुमध्ये एक सय नेपाली पोल्यान्ड सीमामा पुगेका छन् । १५ जना भने पोल्यान्ड पुगिसकेका दूतावासले विज्ञप्ति निकालेर जानकारी दिएको छ । त्यस्तै २३ जना स्लोभाकियाको सीमा क्षेत्रमा आइपुगेका छन् भने तीन जना स्लोभाकिया पुगिसकेका छन् । त्यस्तै हङ्गेरीमा दुई जना, रोमानियामा एक जना र दुई जना रोमानिया पुग्न बाटोमा छन् । भोकभोकै सीमा क्षेत्रमा पुगेको त्यहाँ रहेका नेपालीको गुनासो छ । युक्रेनबा...

पुटिनको घोषणापछि अमेरिकी कूटनीतिज्ञलाई युक्रेनबाट पोल्यान्ड पठाइयो

एजेन्सी, न्युयोर्क, १० फागुन : रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको विखन्डनकारीले नियन्त्रणमा लिएको क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि अमेरिकाले युक्रेनमा बाँकी रहेका कूटनीतिज्ञलाई पोल्यान्ड पठाएको छ । सुरक्षाको कारण दर्शाउँदै अमेरिकाले आफ्ना कूटनीतिज्ञलाई पोल्यान्ड पठाएको हो । पुटिनको घोषणापछि आफ्ना कूटनीतिज्ञलाई पोल्यान्ड पठाएको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले पुष्टि गरेका छन् । कर्मचारीहरूलाई पहिले नै युक्रेनको राजधानी […]