काठमाण्डाै - युक्रेनबाट नेपालीको उद्धार चलिरहेको छ । जर्मनीमा रहेको नेपाली दूतावासका अनुसार दुई सय २५ जना नेपाली निरन्तर सम्पर्कमा छन् । उनीहरुमध्ये एक सय नेपाली पोल्यान्ड सीमामा पुगेका छन् ।
१५ जना भने पोल्यान्ड पुगिसकेका दूतावासले विज्ञप्ति निकालेर जानकारी दिएको छ । त्यस्तै २३ जना स्लोभाकियाको सीमा क्षेत्रमा आइपुगेका छन् भने तीन जना स्लोभाकिया पुगिसकेका छन् । त्यस्तै हङ्गेरीमा दुई जना, रोमानियामा एक जना र दुई जना रोमानिया पुग्न बाटोमा छन् ।
भोकभोकै सीमा क्षेत्रमा पुगेको त्यहाँ रहेका नेपालीको गुनासो छ । युक्रेनबा...