पोल्यान्ड र हङ्गेरीले युक्रेनबाट हुने खाद्यान्न आयातमा प्रतिबन्धको घोषणा गरेका छन् । युक्रेनी अन्न सस्तोमै बेचिन थालेपछि आफ्नो स्थानीय कृषि उत्पादनको रक्षा गर्न भन्दै दुई देशले खाद्यान्न आयातमा प्रतिबन्धको घोषणा गरेका रोयटर्सले जनाएको छ ।रुसको आक्रमणले ब्ल्याक सी का केही बन्दरगाह बन्द भएपछि ठूलो मात्रामा युक्रेनी अन्न युरोपेली बजारमा बिक्री भइरहेको छ । युक्रेनको अन्न युरोपेली सङ्घ (ईयू) मा सबैभन्दा सस्तो छ । युक्रेनी अन्नले बजार पाउँदा आफ्नो देशमा उत्पादन घटेको पोल्यान्ड र हङ्गेरीको भनाइ छ ।तर ईयूले सदस्य राष्ट्रहरूको यस किसिमको एकपक्...