भोजपुर स्थायी घर भइ ललितपुर सातदोबाटो बस्ने तेजप्रसाद राईले जीवनमा धेरै चुनाव हेर्नुभयो । गएको वैशाखमा भएको पालिका चुनाव र २०७४ सालको चुनावमा पनि उहाँले भोजपुर पुगेरै भोट हाल्नु भएको हो । तर, यस पटक भने उहाँ तिहार मनाउन पनि भोजपुर जानुभएन र यतै बस्नुभयो । राई भन्नुहुन्छ, ‘अहिले तिहारमा घर गएकाे भए नेताहरू पनि सबै आएका हुन्थे । भोट माग्न आएरै हैरान बनाउँथे । अब जति भोट हाले पनि केही हुँदैन भन्ने देखिसक्यो, त्यै भएर पनि भोट हाल्न जान मन छैन ।’
उहाँ थप्नुहुन्छ, ‘हेर्नुस् त अहिल...