जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ प्रतिनिधिसभाका उम्मेदवार मोहम्मद इश्तियाक राईले जनताको साथ र समर्थनका अगाडि कुनै दलीय गठबन्धनको केही नलाग्ने दाबी गरेका छन्। जनताको हरेक दु:खसुखमा आफूले सधैं साथ दिइरहेको भन्दै राईले फेरि पनि जनताकै चौकीदारी गर्नका लागि आफू चुनावी मैदानमा आएको बताए। र, त्यसको एकमात्रै आधार भनेको आम मतदाताले देखाएको उत्साह र हौसला नै रहेको उनको भनाइ छ। क्षेत्र नं २ मा मतदाताहरूको घरघरमा पुगेर भोट अपिल गरिरहेका राईले जनता समाजवादी पार्टीप्रति यो क्षेत्रको मतदाता